Logo

२०८३, आश्विन २१गते


images
images

कोशीमा उत्पात मच्चाउने प्रचण्ड- माधव हुन् : ओली

कोशीमा उत्पात मच्चाउने प्रचण्ड- माधव हुन् : ओली

images
  • कोशीमा उत्पात मच्चाउने प्रचण्ड- माधव हुन् : ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको दाबी गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको बताएका हुन् ।  

    images
    images
    images

    ‘कहिले कोशी प्रदेश हुनुपर्छ भनेर भोट हाल्छन् अनि आफैँ बाहिर निस्केर विरोध गर्छन्’, ओलीले भने, ‘पूर्वाञ्चलमा उत्पात मच्चाउने प्रचण्ड र माधव नेपालका कार्यकर्ता छन् ।’ उनले जातियताका नाममा उफ्रनेहरू किरात, राई लिम्बु भएको भन्दै भने, ‘उफ्रने उनीहरू छन् उफार्ने पुष्पकमल दाहाल र माधवकुमार नेपाल हुन् ।’

    images
    images
    images

    उनले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको बताए । ‘साँढेको केही दुस्मनी हुँदैन । तर जुधाएर साँढेको सिङ भाँच्चिन्छ भनि ताली पड्काउँछन् । जनजातिका नाममा प्रचण्ड र माधव नेपाल बाहुनले साँढे जुधाइरहेका छन्’, ओलीको भनाइ छ । 

    images
    images
    images

    अध्यक्ष ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए । ‘अन्यायको राज गर्न खोज्छ कसैले भने हामीले प्रतिवाद गर्नुपर्छ’, ओलीले भने, ‘कसैले कानुनको राज नगरेर बलजफती जनता दबाएर अन्यायको राज लाद्न खोज्छ भने त्यतिबेला हामीले प्रतिवाद गर्नुपर्छ ।’ 

    राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने ओलीको भनाइ छ । ‘हाम्रो भूगोल टुक्रिन हुँदैन । सग्लो देश हामीलाई चाहिन्छ त्यो हामी कायम गरेर छोड्छौ’, उनले भने, ‘विश्वले हामीलाई बहादुर भन्छ । तर आफ्नै देशको सार्वभौम सत्ता जोगाउन सक्दैनौ भने जागिरे बहादुरी के काम लाग्छ ?’

    अध्यक्ष ओलीले कहिले कहिले नेपालीहरू न्यायका लागि मात्रै नभई अर्काका लागि पनि लडेको भन्दै उनीहरुले तिमीले हाम्रो नुन खाएकोले हाम्रै सोझो चिताउनुपर्छ भनेर समेत भन्न सक्ने बताए । 

    ‘म भन्न चाहन्छु– हाम्रो रगत उहाँहरूले नुनको मूल्यमा किन्नुभएको छ । नुनको मूल्यमा रगत पसिना पाईंदैन ’, ओलीको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।