काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी–स्टेटको जग्गाका विषयमा छानबिन गर्न जरुरी नरहेको बताएका छन् । बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका विषयमा छानबिन गर्न जरुरी नभएको तर छानबिन गर्न मन लागे गर्न सुझाव दिएका छन् ।
उनले विना कानुन जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानुन बनाएर व्यवस्थित काम गर्ने गरेको जिकिर गरे । अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिएका छन् ।
सुन तस्करी सधैँका लागि अन्त्य गर्न र निष्पक्ष छानबिन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गरे ।
त्यस्तै अध्यक्ष ओलीले स्तरहीन मान्छेहरूले सुन तस्करी प्रकरणमा आफूलाई जोड्ने प्रयास गरेको जिकिर गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology