Logo

२०८३, श्रावण २७गते


images
images

पर्यटन प्रवर्द्धन

पर्यटनका लागी पत्रकार पदयात्रा

पर्यटनका लागी पत्रकार पदयात्रा

images
  • सेतोमसी सहकर्मी
  • पर्यटनका लागी पत्रकार पदयात्रा
    images
    images

    रूपन्देही। बुद्धको मावली स्थल देवदहमा रहेको देवदह प्रेस क्लबको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनका गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम हुने भएको छ ।
    देवदहको पर्यटनमा नयाँ प्रकारको अभ्यास गर्ने उद्देश्यले पदयात्रा कार्यक्रम आयोजना गरिएको देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए । उनले भने ‘पर्यटनको विकासले गर्दा नै देशको अर्थतन्त्रमा सुधार आएकाले पर्यटन प्रवर्द्धनको निम्ति पदयात्रा, भ्रमण, तीर्थयात्रा जस्ता थुप्रै गतिविधिहरू अत्यावश्यक रहन्छ सो कारण पनि पदयात्रालाई पर्यटन सँग जोडेका छौ, । उनले देवदहमै पहिलो पत्रकार पदयात्रा रहेको बताउँदै अन्य संस्थाहरूले पनि संस्थागतरूपमै पर्यटन प्रवर्द्धन सम्बन्धी कार्यक्रमहरूको आयोजना गर्न हौसला मिल्ने बताए ।

    images
    images
    images

    पदयात्रा देवदह-५ को लोकेश्वर मन्दिरबाट १९ श्रावण शुक्रबार (भोलि) बिहान ७ सुरु भएर देवदहका पर्यटकीय स्थल देवदह-६ स्थित काष्ठकला, दाउन्ने हुदै माथागढी, कृषि गाऊ सरहनबारी, पारी सरहनबारी, केउली हुदै देवदहकै पहिलो सामुदायिक उजेरी सामुदायिक होमस्टेमा बास बसिने छ । भोलि बिहान अर्थात  २० गते शनिबार केउली हुदै  देवदह-१० मा रहेको कामधेनु गौशाला, देवदह - ९ स्थित देवदह ताल, सातपत्रे सिमसार क्षेत्र, खयरडाँडा, देवदह-७ को प्रस्तरकला पार्क, यशोधरा पार्क, प्राचीन इनार, बैरीमाई, कन्यामाई, पकरी हुँदै भवानीपुरमा आएर पदयात्राको समापन हुने सचिव निर्मल एसपी मगरले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह प्रेस क्लब
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।