बर्दघाट । मेची-महाकाली संयुक्त बुहारी आवाज नवलपरासीद्वारा किशोरी, गर्भवती र सुत्केरी महिलालाई अत्यावश्यक सामान सहितको ब्याग वितरण गरिएको छ । बर्दघाट उद्योग बाणिज्य संघको हल एक कार्यक्रमका विच बुहारी आवाजले किशोरी, गर्भवती र सुत्केरी महिलाहरुलाई उक्त सामान वितरण गरेको हो ।
संस्थाको नवलपरासी शाखाद्वारा ३५ जना किशोरीलाई किशोरी कीट प्याक, तथा १०-१० जना सुत्केरी र गर्भवती महिलालाई सुत्केरी कीट प्याक वितरण गरिएको संस्थाकी नवलपरासी अध्यक्ष लक्ष्मी भुसाल खरेलले बताईन् । 
जसमध्ये किशोरी प्याकमा प्याड, भित्री कपडा, साबुन र लाईट सहितका सामान तथा गर्भवती र सुत्केरी महिला प्याकमा सुतिको सारी, पच्छौंरी, मेक्सी, भित्री कपडा, सुत्केरी प्याड, लाईट, कपाल बाध्ने कपडाका साथमा नुहाउने र कपडा धुने साबुन समेत रहेको संस्थाले जनाएको छ ।
मेची महाकाली संयुक्त बुहारी आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा, कपिलवस्तु अध्यक्ष चन्द्रा अर्याल, सिद्धार्थ सामाजिक विकास केन्द्र पुर्व अध्यक्ष पवन नारायण पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम नवलपरासी अध्यक्ष खरेलको अध्यक्षता तथा सचिब सीता भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology