Logo

२०८३, आश्विन २१गते


images
images

६ दिने लामो कम्बोडिया भ्रमण सकेर ओली आज स्वदेश फर्किँदै

६ दिने लामो कम्बोडिया भ्रमण सकेर ओली आज स्वदेश फर्किँदै

images
  • ६ दिने लामो कम्बोडिया भ्रमण सकेर ओली आज स्वदेश फर्किँदै
    फाइल फोटो
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् ।   कम्बोडियाको ६ दिने भ्रमण सकेर ओली आज राति १० बजे स्वदेश फर्किने  उनको सचिवालयले जनाएको छ। 

    images
    images
    images

    अध्यक्ष ओली साउन २ गते कम्बोडिया प्रस्थान गरेका थिए। ओलीले कम्बोडियामा भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए। ओली नेतृत्व टोलीले टौल कोर्क प्राथमिक विद्यालय मतदान केन्द्रको निरीक्षण गरेको थियो। त्यहाँ एक जना ९२ वर्षीय मतदाताले समेत मतदान गरेका थिए। 

    images
    images
    images

    निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए। कम्बोडिया बसाइका क्रममले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग पनि भेट गरेका थिए। 

    images
    images
    images

    अध्यक्ष ओलीसँग पत्नी राधिका शाक्य, एमाले उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।