Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजारमा लगातार चौथो दिन पनि वृद्धि

सेयर बजारमा लगातार चौथो दिन पनि वृद्धि

images
  • सेयर बजारमा लगातार चौथो दिन पनि वृद्धि
    images
    images

    काठमाडौं । सेयर बजारमा लगातार चौथो कारोबार दिन पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन ३१ असारमा दोहोरो अंकले बढेको नेप्से यो आर्थिक वर्ष लागेपछिको लगातार तीन दिनसहित चौथो दिन पनि बढेको हो ।

    images
    images
    images

    बुधबार नेप्से ११.१७ अंकले वृद्धि हुँदा २१६५.२५ को विन्दुमा बन्द भएको छ । ३० असारमा २०८४.९३ को विन्दुमा बन्द भएको नेप्से त्यसपछिको चार दिनमा ८०.३२ अंकले बढेको हो ।

    images
    images
    images

    बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको छ ।

    images
    images
    images

    होटल तथा पर्यटन, हाइड्रोपावर, बीमा, लघुवित्त लगायतका अधिकांश उपसूचकमा गिरावट भएपनि बुधबार बैंकिङ उपसूचकले नेप्से बढाएको हो । बैंकिङ उपसूचक २.३१ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक १.२२ प्रतिशत र उत्पादनमूलक उपसूचक १.१४ प्रतिशतले बढेको छ । यस्तै व्यापार उपसूचक ४.८३ प्रतिशतले वृद्धि भएको हो ।

    नेप्से बढ्दै जाँदा लगातार दोस्रो दिन पनि ३ अर्ब माथिको कारोबार भएको छ । सोमबार नेप्सेमा करिब ५० अंकको वृद्धि हुँदा पनि २ अर्ब ५६ करोडमा सीमित भएको कारोबार रकम मंगलबार साढे ३ अर्ब नाघेको थियो । बुधबार नेप्सेमा ५१ हजार ४४५ वटा कारोबारमा ८६ लाख ७४ हजार १०० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ३४ करोड ८७ लाखको कारोबार भएको छ । जसमध्ये युनाइटेड अजोड इन्स्योरेन्सको २३ करोड ५७ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको १४ करोड ७१ लाख रुपैयाँ र शिवम् सिमेन्टको १३ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।