Logo

२०८३, आश्विन ९गते


images
images

३ हजार विन्दुबाट ओर्लियो सेयर बजार

३ हजार विन्दुबाट ओर्लियो सेयर बजार

images
  • ३ हजार विन्दुबाट ओर्लियो सेयर बजार
    images
    images

    काठमाडौं । सेयर बजार  ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो ।

    images
    images
    images

    दिनभर बजारमा तीव्र उतारचढाव देखियो । ११ : ५८ बजे ३०४८ अंकसम्म पुगेको बजार २ : ४२ बजे २९४७ अंकसम्म झरेको थियो । बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।

    images
    images
    images

    ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशत बढे । विकास बैंक २.२५, फाइनान्स २.७९, होटल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटे ।

    images
    images
    images

    बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स फाइनान्सको ६.९, उन्नति सहकार्यको ६.६, कर्णाली विकास बैंकको ५.२, नागरिक लगानी कोषको ४.७, बुटवल पावरको ४.६ प्रतिशत मूल्य बढ्यो ।

    नेपाल फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । सगरमाथा जलविद्युत् कम्पनीको ८.५, न्यादी हाइड्रोको ८.४, शुभम पावरको ७.७, मातृभूमि लघुवित्तको ७.५ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, अपी पावर, कुमारी बैंक, एचआईडीसीएल र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।