Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार

images
  • सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
    images
    images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंक बढेको छ ।

    images
    images
    images

    अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ : १० बजे बजार २७८० अंकसम्म पुगेको थियो । त्यसपछि बजार ओरालो लाग्दा वृद्धि खुम्चिन पुग्यो 

    images
    images
    images

    बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोड कारोबार भएकोमा यस दिन ७ अर्ब १९ करोडको भयो । ८९ कम्पनीको मूल्य बढ्दा १४२ को घट्यो भने १३ को स्थिर रह्यो ।

    images
    images
    images

    व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । बैंकिङ ०.४०, फाइनान्स ०.५१, लगानी ०.७१, उत्पादन ०.२१, अन्य ०.३६ प्रतिशत बढ्दा निर्जीवन बीमा स्थिरजस्तै रह्यो । माइक्रोफाइनान्स ०.१९, जीवन बीमा ०.२४, हाइड्रोपावर ०.१२, होटल तथा पर्यटन १.४८ र विकास बैंक समूह ०.६४ प्रतिशत घटे ।

    गुडविल फाइनान्सको मूल्य सबैभन्दा धेरै ७.६ प्रतिशत बढ्यो । समाज लघुवित्तको ५.१२, रावा इनर्जीको मूल्य ५.१२ प्रतिशत बढ्यो । अपर स्याङ्गे हाइड्रोपावरको ५.१९ प्रतिशत मूल्य घट्यो । मिडसोलु हाइड्रोपावरको ५.०३, सामुदायिक लघुवित्तको ४.४७, सपोर्ट माइक्रोफाइनान्सको ३.४१, विशाल बजार कम्पनीको ३.१६ तथा आत्मनिर्भर लघुवित्तको ३.०४ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा कुमारी बैंक, एचआईडीसीएल प्रमोटर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर र गुडविल फाइनान्स क्रमशः अगाडि रहे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।