काठमाडौं । सेयर बजार हाल ६ महिनाकै उच्च विन्दुमा पुग्दै २८१५ अंकमा कायम भएको छ । यो अंक १८ भदौ यताकै उच्च हो । साउन ३१ गते ३ हजार अंकमा पुगेको बजार त्यसयता १३ असोजमा न्यूनतम विन्दु २४६४ अंक कायम भएको थियो । अहिले फेरि बजार बढ्दो लयमा छ ।
‘हायर लो, हायर हाइ’ ट्रेन्ड बनाएको बजारमा कतिपय कम्पनीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । विगतमा दिएको हकप्रद सेयर वा बोनस सेयर समायोज नपछि नयाँ मूल्यको रेकर्ड बनेको हो ।
यहीं बेला ७ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसरी मूल्य उच्च विन्दुमा पुगेका कम्पनीमा ३ वटा हाइड्रोपावर सेक्टरका छन् भने एउटा जीवन बीमा, एउटा विकास बैंक, एउटा अन्य, र एउटा लगानी सेक्टरको रहेको छ ।
कारोबारकै क्रममा (इन्ट्राडे) मा किनिएको सेयरबाहेक यी ७ कम्पनीका करिब सबैजसो सेयरहोल्डर नाफामा छन् । तसर्थ यी कम्पनीको सेयर यतिबेला नाफा बुक गरेर बेच्नका लागि अवसर हुन सक्छ । यस्ता कम्पनीको मूल्य थप बढ्ने अनुमानका बीच कतिपयले खरिद पनि बढाउने गरेका छन् ।
उच्च मुल्य पुगेका कम्पनीको सेयरमा जोखिम पनि बढी हुनेतर्फ भने लगानीकर्ता सचेत रहन जरुरी छ । विगतमा उच्च मूल्यमा पुगेका कतिपय फाइनान्स कम्पनी अहिले आधा घटेका उदाहरण छन् ।
| कम्पनी | सेक्टर | पछिल्लो मूल्य |
| नारायणी विकास बैंक | बैंक | १६११.८० |
| एनआरएन इन्फ्रास्ट्रक्चर | लगानी | १५५४.८० |
| गार्डियन माइक्रोलाइफ | जीवन बीमा | १०३८ |
| हिमालयन रिइन्स्योरेन्स | अन्य | १०२९.९० |
| नेपाल हाइड्रो डेभलपर्स | हाइड्रोपावर | ९९७.६० |
| अपर हेवाखोला | हाइड्रोपावर | ९९३.३० |
| मोलुङ हाइड्रोपावर | हाइड्रोपावर | ६५० |
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology