Logo

२०८३, आश्विन ९गते


images
images

साताको सेयर बजार : ११० अंकले बढ्यो, एक दिनको कारोबारले रकममा कमी

साताको सेयर बजार : ११० अंकले बढ्यो, एक दिनको कारोबारले रकममा कमी

images
  • साताको सेयर बजार : ११० अंकले बढ्यो, एक दिनको कारोबारले रकममा कमी
    images
    images

    काठमाडौं । धितोपत्र दोस्रो बजार कारोबारमा यो साता उच्च अंकको वृद्धि देखिएको छ । चार दिनको कारोबारमा नेप्से परिसूचक दुई दिनमा १५९.१६ अंकले बढ्यो भने ४८.४३ अंकले घट्यो । तर, समग्रमा बजार यो साता ११०.७३ अंकले बढेको छ ।

    images
    images
    images

    गएको साताको अन्तिम दिन नेप्से परिसूचक २४८६.७६ विन्दुमा बन्द भएको थियो । यो साताको अन्तिम कारोबार दिन बुधबार २५९७.४९ विन्दुमा बन्द भएको छ ।

    images
    images
    images

    यो साता चार कारोबार दिनमा आइतबार २२.३६ अंकले घटेको थियो । सोमबार र मंगलबार भने बजार बढेको थियो । सोमबार नेप्से परिसूचक ४४.४६ अंक र मंगलबार ११४.७० अंकले बढेको छ । बुधबार भने बजार २६.०७ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    images
    images
    images

    यो साता कारोबार रकममा कमी आएको छ । २२ अर्ब १६ करोड सात लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको साताका पाँच कारोबार दिनमा २६ अर्ब नौ करोड ७४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । गएको साता पाँच दिन सेयर कारोबार भएको र यो साता चार दिन मात्र भएकाले कारोबार रकममा कमी हुन पुगेको देखिन्छ ।

    गएको साता बजार तीन कारोबार दिन घटेको थियो । दुई कारोबार दिन बढेको थियो । गएको साताको आइतबार र बुधबार बजार बढेको थियो । सोमबार, मंगलबार र बिहीबार बजार घटेको थियो ।

    पछिल्ला दिनमा दैनिक कारोबार रकम बढेसँगै कुल बजार पुँजीकरण बढ्दै गएको छ । यो साताको अन्तिम दिनसम्म कुल बजार पुँजीकरण ४१ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । गएको साताको अन्तिम दिन ३९ खर्ब ५४ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो ।

    यो साताको सोमबार कुल बजार पुँजीकरण ३९ खर्ब ८९ अर्ब २९ करोड र मंगलबार ४१ खर्ब ७१ अर्ब ६८ करोड रुपैयाँ कायम भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।