काठमाडाैँ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा उनले सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराए।
उनले भने, ‘राष्ट्रियसभा कस्मेटिक राजनीति नगरौँ मेरो यो अनुरोध छ।’ वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उनले सरकारका कामकारबाहीको बचाउ गरे।
उनले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो भनी प्रश्न गरे। उनले सरकार बनाईदिनुपर्याे भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गरे।
उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी भएको भन्दै पूर्व प्रधानमन्त्रीहरुलाई ओलीलाई राष्ट्रियता विरोधी भनी प्रमाणित गरेर देखाउन चुनौति दिए।उनले भने, ‘म चुनौति दिन चाहन्छु केपी ओली कोठाभित्र चुक्कुल लगाएर कम्मल भित्रबाट चोर औलो उठाउने र राष्ट्रियताको गफ दिने मान्छे होइन। उनले ओलीको राष्ट्रवाद व्यवहारमा देखिएको दाबी पनि गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology