Logo

२०८३, आश्विन २१गते


images
images

सरकार जान नदिन प्रयास भइरहेको छ : ओली

सरकार जान नदिन प्रयास भइरहेको छ : ओली

images
  • सरकार जान नदिन प्रयास भइरहेको छ : ओली
    फाइल फोटो
    images
    images

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको दाबी गरेका छन् । ‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको ओलीको भनाई छ । 

    images
    images
    images

    सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे ।

    images
    images
    images

    ओलीले भने, ‘मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले रामो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम चाहिँ गर्नैपर्छ । राम्रो काम अनवरत गरिरहनु पर्छ ,गर्दै जानु पर्छ । कसले के भन्यो भन्ने कुरा होइन । कसैले भन्न सक्ला–कस्तो लोभी रहेछ ? परलोकमा पनि सुख पाउन यस्तो यस्तो काम गरिरहेछ भनेर आरोप लगाई दिन्छन् नि । विजय मूर्तिजीले यो काम गर्नु भएको छ । यो परलोक सपार्नका लागि यो काम गरेको हो भनेर आरोप लगाई दिन सक्छन् । अब के गर्नु हुन्छ ? परलोक कसैले देखेको छैन । यसको कुरा नगरौँ । तर, यो लोक बनाउनु पर्छ । यो लोकलाई बनाउनु पर्छ आनन्दमय । समृद्ध देश र जनतालाई सुखी बनाउनु पर्छ । देश समृद्ध होस्, जनता समृद्ध होस् । यस देशको आधुनिकीकरण गर्नु पर्छ, विकास गर्नुपर्छ । मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन् । किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ । त्यसकारण केही मान्छेहरू त्यसको विरुद्धमा लाग्छन् फेरी । तर, यो चिन्ताको विषय होइन । हामी कर्मणेवाधिकारस्ते भनेजस्तो प्रतिफल के आउँछ भन्ने कुरा होइन । तपाईंले दान दिएपछि के प्रतिफल आउँछ ? दान दिएपछि प्रतिफल भन्दा सन्तुष्टि मिल्छ । आनन्द मिल्छ तपाईँलाई । त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ ? आनन्द मिल्छ त्यसबाट । सन्तोष मिल्छ त्यसबाट । त्यही हो प्राप्ति ।’

    images
    images
    images

    आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको ओलीको भनाई थियो । उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भए पनि त्यसको श्रेय लिनुपर्छ भन्ने नलागेको बताए ।

    ओलीले भने, ‘कमसेकम के चाहिँ भन्न सक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता सुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहरु, अपाङ्गता भएका व्यक्तिहरू समेतको प्रबन्ध प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्‍याएको छु आफैँले निर्णय गरेर । हाम्रा बालबालिकाहरू अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन् नेपालमा त्यस्तो सुहाउँदैन भनेर बालबालिकाहरू खाते भएर सडकमा अलपत्र पर्ने होइन, त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरूको प्रबन्धहरू, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढ्ने प्रबन्ध, त्यो सुरु गराएँ । नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो । सडकमा अलपत्र परेका मानिसहरूलाई विभिन्न संघ, संस्थाहरूसँग मिलेर तिनको व्यवस्थापन गर्ने प्रबन्ध गरिएको हो । र, नेपालका बाटाघाटाले नेपाल जोडियोस् । दुर्गम ठाउँ कहीँ पनि नरहोस् भनेर हुलाकी बाटो थियो । त्यसलाई राजमार्ग बनाइएको हो दुई लेनको । मदन भण्डारी राजमार्ग नयाँ बनाइएको हो । पुरानो राजमार्गलाई ४ लेन, ६ लेनको बनाइएको हो । जनकपुरमा रेल ल्याइएको हो । पूर्वपश्चिम रेलको लाइन बनाइएको हो । मध्य पहाडी राजमार्ग खनाइएको हो । अव मध्यपहाडी राजमार्गबाट यही मङ्सिरको अन्त्यतिर पश्चिमबाट सुरु गरेर पूर्व पहाडैपहाडतिरबाट जाने यो योजना बनाएको थिए । र, मैले दुर्गम भन्दा दुर्गम ठाउँहरू नेपालको हिमाल पारीका गाउँहरू म घुम्न गएको छु । चाहे मिली भ्याली होस् । चाहे रुवि भ्याली होस् । चाहे अरू ठाउँहरू हुन । झापाको मात्रै कुरा होइन नि । म देशभरिका जनतालाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन म देशभरि बाटो बनाउँछु । झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरिका देशभरिका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो । मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरूलाई मात्रै होइन, देशभरिका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो । यो बापत मैले श्रेय पाउँ भनेर होइन ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।