Logo

२०८३, श्रावण २७गते


images
images

रोटरी क्लबद्वारा क्याम्पसलाई 'प्याड डिस्पोजल मेसिन' प्रदान

रोटरी क्लबद्वारा क्याम्पसलाई 'प्याड डिस्पोजल मेसिन' प्रदान

images
  • रोटरी क्लबद्वारा क्याम्पसलाई 'प्याड डिस्पोजल मेसिन' प्रदान
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा क्रियाशील रोटरी क्लब अफ देवदहले स्थानिय देवदह आदर्श बहुमुखी क्याम्पसलाई सेनेटरी प्याड डिस्पोजल मेसिन प्रदान गरेको छ। बिहिबार एक कार्यक्रमबीच क्लबले क्याम्पसलाई मेसिन हस्तान्तरण गरेको हो। 

    images
    images
    images

    मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदहका सबै विद्यालयमा यस प्रकारको मेसिन आवश्यक रहेको बताए। केहि सामुदायिक विद्यालयमा नगरपालिकाले मेसिन राख्ने कार्य सुरू गरेको जानकारी दिंदै प्रमुख खरेलले संस्थागत विद्यालयमा पनि मेसिन आवश्यक रहेको बताए। देवदह नगरपालिका स्वयंसेवी संस्थाहरूसंग मिलेर काम गर्न इच्छुक रहेको जनाउंदै प्रमुख खरेलले सामाजिक संघसंस्था र नगरपालिकाबीच समन्वय भएमा अन्य धेरै राम्रा काम गर्न सकिने धारणा व्यक्त गरे। 

    images
    images
    images

    सोही कार्यक्रममा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले महिलाको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने कार्यमा मेसिन महत्वपुर्ण हुने बताउंदै क्लबको प्रशंसा गरिन् । विद्यालयका बालिकाहरूको स्वास्थ्य संबेदनशीलतालाई समेत ध्यान दिंदै महिला स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उनको भनाई छ।  

    images
    images
    images

    कार्यक्रममा आफ्नो भनाई राख्दै क्लबका जोन-२४ का असिस्टेन्ट गभर्नर पिताम्बर जोसीले क्लबले आफ्नो जोनका एक हजार विद्यालयमा महिलामैत्री शौचालय निर्माणको थालनी गरेको बताए । 

    क्लबका अध्यक्ष सचिन पंगेनीले रोटरीको १०९ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएकोले पनि वर्ष २०२२/०२३ लाई क्लबले महिला विशेष वर्षको रूपमा लिदैं महिला स्वास्थ्यको क्षेत्रमा काम गरेको बताए। हस्तान्तरण गरिएको मेसिनले दैनिक एक सय वटा प्याड डिस्पोज गर्न सक्ने बताउंदै उनले आफु देवदहका सामुदायिक विद्यालयमा पुग्ने क्रममा प्रयोग गरिएका प्याडको सहि व्यवस्थापन हुन नसकेको पाएपछि रोटरी क्लबको इन्डियास्थित केही क्लबसंग सहकार्य गरि मेसिनबारे जानकारी लिएको र सोही अनुसार नेपाल ल्याएको बताए। दैनिक १०० प्याड डिस्पोजल गर्न सक्ने मेसिनलाई नेपाली बजारमा ३८ हजार जति पर्ने जानकारी दिंदै उनले आफूहरूले इन्डियाबाट ल्याउदा १५ हजार इन्डियन रुपैया प्रति मेशिन खर्च भएको बताए।  साथै अन्य विद्यालयमा पनि क्लबले उक्त मेसिन वितरण गर्ने उनले जानकारी दिए। 

    उक्त कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पस संचालन समिति उपाध्यक्ष बासुदेव रिमाल, सदस्य मोतिलाल ढकाल,  प्रजापति सापकोटा, गङ्गा भण्डारी, क्याम्पस प्रमुख मित्रलाल न्यौपाने, क्लबका चार्टर प्रेसिडेन्ट जयकिसन अधिकारी, इमिडियट प्रेसिडेन्ट डा सुन्दर पाण्डे, उपाध्यक्ष विष्णु पाठक, लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।