Logo

२०८३, आश्विन ९गते


images
images

महेश्वर शर्माको कविता " चिठी "

महेश्वर शर्माको कविता " चिठी "

images
  • सेतोमसी सहकर्मी
  • महेश्वर शर्माको कविता  " चिठी "
    images
    images

    “चिठी”

    images
    images
    images

    धृतराष्ट्र र गान्धारिहरको

    images
    images
    images

    आँखा उघार्न

    images
    images
    images

    र लाखौँ युधिष्ठिरहरु

    उत्पादन गर्न

    कारखाना खोलेका

    मेरा बस्तिका भरियाहरु

    तिमीलाइ मन पर्दैन भन्ने

    थाहा पाएर

    मैलै तिमीलाई

    यो चिठी लेख्ने धृष्टता गरेको हुँ

    मलाई माफ गर मित्र

    तिम्रो कारखानामा हुर्किएका

    धृतराष्ट्र र गान्धारिहरु

    म कसरि सहि हुन भनुँ।

     

    मलाइ थाहा छ

    यो चिठी तिमीलाई मन पर्दैन

    मलाई यो पनि थाहा छ

    तिमीलाई मेरा बस्तिका

    बगरहरु पनि मन पर्दैन

    म के गरुँ

    मेरा बस्तिका बगरहरुले पनि

    सत्य बोल्दछन्

    सायद त्यहि भएर होला

    जीवनको सबैभन्दा ठूलो सत्य

    चिता पनि त्यहि बगरमा जलेको होला है?

     

    चितामा जलिरहेको एउटा लाशलाई

    सयौँ लाशहरुले यसरि हेरिरहन्छन

    मानौ उनिहरु कहिल्यै लाश हुने छैनन्

    यस्तै कुनै बेला

    मेरो बस्तिको बगरमा जलिरहेको

    एउटा लाशलाई तिमीले पनि हेरेका हौ

     

    आँखा भरि सपनाको भोक बोकेर

    जीवन बाँच्ने मेरा बस्तिका भरियाहरु

    र तिम्रो कारखानामा हुर्किएका

    मानिसहरुमा

    यत्ति फरक हो

    तिम्रा मानिसहरु

    अरुका निम्ति बाँच्न चाहन्नन्

    मेरा बस्तिका भरियाहरु

    आफ्ना निम्ति बाँच्न चाहन्नन्

    भन म के गरुँ मेरा बस्तिका भरियाहरु

    यस्तै छन मित्र

     

    चिठीको अन्त्यमा

    एउटा कुरा भन्छु ल

    मानिसहरु उदाएपछि

    एकदिन त अस्ताउनै पर्छ नि है

    तिमी पनि त एकदिन अस्ताउँछौ नि है

    त्यसो भए आउन मित्र

    हामी कहिल्यै नअस्ताउने

    एउटा काम गरौँ

    अरु कसैका लागि

     
    ✍️ महेश्वर शर्मा

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कविता
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।