काठमाडौं । जारी यू-१९ एशिया कप अन्तर्गत आज दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ ।
आज, ओमानमा हुने यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुदै छ ।
नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपाल भारत र युएईसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानले भने भारत र युएईलाई पराजित गरेको छ ।
यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विपिन प्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टिमलाई पठाएको छ । नेपाली टिममा निरज कुमार यादव, प्रशिद्ध जैसी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सुर्यान्शु कोइराला, अभय यादव, सुशील बहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology