सुमन गाहा, २६ चैत्र, पाल्पा । जिल्लाको माथागढी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता झडेवाकाे किसान मा. वि. खेलमैदानमा सम्पन्न भएकाे छ । यस वर्षकाे दोस्रो राष्ट्रपति रनिङ शिल्ड सौभाग्य मा. वि. ले हात पारेको छ ।
गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा छात्र र छात्रा काे १० खेल समाबेश कुल ६० पदक काे लागि भएकाे प्रतियाेगितामा सौभाग्य मा वि चिदिपानीले १५ स्वर्ण, ५ रजत, ५ कास्य गरि २५ पदक सहित प्रथम हुन सफल भयो ।
त्यसै गरि किसान मा. वि. झडेवाले ४ स्वर्ण, ६ रजत,५ कास्य गरि १५ पदक सहित दाेस्राे र दिव्य ज्योती मा वि कसेनीले ४ स्वर्ण, ६नरजत, ४ कास्य गरि १४ पदक सहित तेस्रो भएकाे छ ।
समापन समारोहमा बाेल्दै विशिष्ट अतिथि माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले खेलाडी राष्ट्रका गहना भएकोले खेलाडीलाई सम्मान, माया र अबसर दिनुपर्नेमा जाेड दिदै याे खेल हार र जित भन्दा पनि आफ्नाे सीप प्रदर्शन गर्ने भएकोले हाम्रो भन्दा पनि राम्रो खेलाडी छनाैट गरी जिल्ला स्तरीय प्रतियाेगितामा गाउँपालिकाकाे नाम राख्न सम्पूर्ण खेलाडीलाई शुभकामना दिनुभयाे।
कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, गाँउपालिकाका शिक्षा शाखा प्रमुख अशेष भट्टराई लगायतले मन्त्वय राख्नुभएको थियो ।
कार्यक्रम माथागढी गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष मधु पराजुलीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन गाउँपालिकाका शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले गर्नुभएको थियोे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology