Logo

२०८३, श्रावण २७गते


images
images

माथागढी गाउँपालिकाद्वारा ०७८/०७९ को लागि ५५ करोड ८५ लाख बराबरको बजेट प्रस्तुत

माथागढी गाउँपालिकाद्वारा ०७८/०७९ को लागि ५५ करोड ८५ लाख बराबरको बजेट प्रस्तुत

images
  • सेतोमसी सहकर्मी
  • माथागढी गाउँपालिकाद्वारा ०७८/०७९ को लागि ५५ करोड ८५ लाख बराबरको बजेट प्रस्तुत
    images
    images

    सुमन गाहा, पाल्पा । माथागढी गाउँपालिका पाल्पाले आर्थिक वर्ष ०७८/०७९ को लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले आगामी वर्षको लागि ५५ करोड ८५ लाख ८८ हजार ४ सय ३४ रुपैया बराबरको बजेट प्रस्तुत भएकाे छ । 

    images
    images
    images

    नवाैं गाउँसभाकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले याेजना बनाउनु भन्दा कार्यान्वयन पक्ष बलियाे नभए जनताले विकासकाे प्रत्याभूति गर्न नपाउने बताउनुभयो । नेपाली कांग्रेस जिल्ला सभापती समेत रहेका रानाले गाउँपालिकाकाे नीति कार्यक्रमले हरेक परिवार, हरेक नागरिकको अनुहारमा उज्यालो ल्याएको बताउँदै अझ सशक्त भएर जनताकाे सेवामा लाग्नुपर्ने बताउनुभयो। 

    images
    images
    images

    गाँउसभामा पूजीगततर्फ २४ करोड १८ लाख ५४ हजार ४३.३ प्रतिशत र चालुतर्फ ३१ करोड ६७ लाख ३४ हजार ५६.७ विनियोजन गर्न पेश गरिएको छ । आय तर्फ सरकारी वितिय हस्तान्तरण अन्तर्गत संघीय सरकारबाट समानिकरण अनुदान १० करोड ७९ लाख,सशक्त अनुदान तर्फ २५ करोड १० लाख,समपुरक अनुदान तर्फ २ करोड ८ लाख,बिशेष अनुदान तर्फ १ करोड १६ लाख बजेट विनियोजन गरेको हो ।

    images
    images
    images

    त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट समानिकरण तर्फ ५० लाख ८ हजार,ससर्त अनुदान तर्फ १ करोड ४५ लाख ४४ हजार,समपुरक अनुदान तर्फ १ करोड ५० लाख विनियोजन गरेको छ । संघीय राजस्व बाडफाडबाट ८ करोड २० हजार २३ हजार ,प्रदेश सरकारबाट ८७ लाख १३ हजार ४ सय ३३ र आन्तरिक स्रोतबाट ४ करोड १७ लाख र अन्य आयबाट ३ लाख विनियोजन गरेको छ । 

    गाउँसभाको चालु अधिवेशनले बजेट तथा नीति कार्यक्रम पास गर्नेछ । गाउँसभामा विकासको मेरुदण्ड सडक भएकाले सडक नपुगेका ठाउँमा सडक विस्तार, स्तरउन्नती तथा कालोपत्रे गर्ने,पुलहरुको निमार्ण गर्ने,गाउपालिकाको प्रशासकिय भवनको निमार्ण गर्ने, कृषि तथा पशुपालनलाई आधुनिकिकरण गर्ने नीति लिइएको छ । यस्तै खानेपानी समस्या समाधानको लागि एक घर एक धाराको निर्माण र व्यवस्थापन गर्ने अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । 

    यस्तै सिंचाई, कृषि तथा पशुपालन, कोरोना रोकथाम, कोरोनाको खोप खरिद गर्ने,कृषि तथा पशुपालनलाई व्यवस्थित गरिने,पालिकाको प्रशासकृय भवनको निमार्ण गर्ने, अभिलेखिकरण लगायतका काम गर्ने समेत योजना रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।