Logo

२०८३, श्रावण २७गते


images
images

माओवादी केन्द्र पाल्पाले गर्यो तीन महिने अभियानको विशेष कार्यविभाजन, कुन नेता कहाँ ?

माओवादी केन्द्र पाल्पाले गर्यो तीन महिने अभियानको विशेष कार्यविभाजन, कुन नेता कहाँ ?

images
  • माओवादी केन्द्र पाल्पाले गर्यो तीन महिने अभियानको विशेष कार्यविभाजन, कुन नेता कहाँ ?
    images
    images

    तानसेन । पार्टी संगठन निर्माणलाई नयाँ  शिराबाट अगाडि बढाउने भन्दै नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिले अघि सारेको तीन महिने विशेष अभियानको लागि पाल्पामा नेताहरूको कार्यविभाजन गरिएको छ। बिहिबार तानेसनमा सम्पन्न पार्टीको जिल्ला समन्वय समितिको बैठकले पार्टी नेताहरूको क्षेत्र, पालिका र वडा तहको समेत कार्यविभाजन गरेको पार्टीका प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले जानकारी दिए। 

    images
    images
    images

    जनतासंग माओवादी नाम दिईएको तीन महिने विशेष अभियानले पार्टीलाई शुद्धिकरण र सशक्तिकरण गर्ने उद्देश्य राखेको माओवादीले सो कार्यका लागि देशैभरी अन्तर प्रदेश, अन्तर जिल्ला, अन्तर पालिका र अन्तर वडा स्तरिय कार्यविभाजन गरेको छ।  जसबाट पार्टीसंगठन निर्माण हुनेमात्र नभएर फिल्डको वस्तुगत अवस्था र सहि रिपोर्टिंग नेतृत्वसम्म पुग्ने माओवादी नेताहरूले बताउने गरेका छन्। 

    images
    images
    images

    सोहि कार्यको लागि पार्टीको लुम्बिनी प्रदेश कमिटीले पार्टीका केन्द्रिय सदस्य कृष्णध्वज खड्कालाई पाल्पाको अभियान प्रमुख बनाएर पठाएपछि बसेको पहिलो बैठकले नेताहरूको कार्यविभाजन गरेको हो। दुई संघिय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र र १० स्थानिय तह रहेको पाल्पामा अभियानको लागि  निर्वाचन क्षेत्र १ (क) का रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा पार्टीका प्रदेश मुख्य सचिव यज्ञ पाेखरेल, निर्वाचन क्षेत्र १(ख) का पुर्वखाेला गाउँपालिका, रम्भा गाउँपालिका र माथागढी गाउँपालिकामा पार्टी केन्द्रीय सदस्य दिपेन्द्र पुन 'सिजल', निर्वाचन क्षेत्र न २ (क) तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकामा जिल्ला अभियान प्रमुख तथा पार्टी केन्द्रीय सदस्य कृष्णध्वज खड्का, निर्वाचन क्षेत्र २ (ख ) तिनाउ गाउँपालिका, रिब्दिकाेट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका केन्द्रीय सदस्य ईन्द्रजित चाैधरीलाई प्रदेश निर्वाचन क्षेत्रकाे  अभियान प्रमुख ताेकेकाे छ । 

    images
    images
    images

    त्यस्तै पाल्पा जिल्लामा कार्यरत प्रदेश सदस्यहरुलाई अन्तर पालिका अभियानकाे प्रमुख ताेकिएकाे छ। जसमा रामपुरमा कमल भट्टराई र भिम विश्व भट्टराई, निस्दीमा बलु गैरे, माथागढिमा राजेश श्रेष्ठ, रम्भामा मथुरा ढकाल र जित बहादुर थापा, पुर्वखाेलामा लिला साेमै,  तानेसेनमा राजेन्द्र विक र तुलसा राना,    बगनासकालीमा केयरसिङ राना र धनेन्द्रराज घिमिरे, तिनाउमा नवीन ओली,  रैनादेवी छहरामा मेघराज आचार्य र रिब्दिकाेटमा टि. आर. जि. र केशब पाेखरेललाई जिम्मेवारी दिईएको छ। 

    त्यसैगरि जिल्ला समन्वय समितिका सदस्यहरुलाई जिल्लाका ८१ वटा वडामा अन्तर वडाकाे जिम्मेवारी दिईएकाे छ र निर्वाचित जनप्रतिनिधिलाई साेहि स्थानीय तहमा जिम्मेवारी दिएकाे पार्टीले जनाएको छ । 

    बैठकमा अभियानको नेतृत्व लिएर पाल्पा आएका पार्टी नेताहरू दिपेन्द्र पुन सिजल, ईन्द्रजित थारु र यज्ञ पाेखरेललाई स्वागत गर्नुका साथै पाल्पाबाट अभियानकाे लागि अर्घाखाँची सरूवा भएका पाल्पा जिल्ला ईन्चार्ज अनिल किशाेर घिमिरेलाई बिदाई गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।