Logo

२०८३, आश्विन १०गते


images
images

दशौं पूर्ण बैठक

पार्टी एकताको पक्षमा उभिने माओवादी केन्द्र रुपन्देहीको निर्णय

पार्टी एकताको पक्षमा उभिने माओवादी केन्द्र रुपन्देहीको निर्णय

images
  • पार्टी एकताको पक्षमा उभिने माओवादी केन्द्र रुपन्देहीको निर्णय
    images
    images

    बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देही जिल्ला समन्वय समिति एकताको पक्षमा उभिएको छ । आइतबार मणिग्राममा बसेको दशौं पूर्ण बैठकमा सहभागि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु पार्टी एकताको पक्षमा उभिएको जिल्ला संयोजक नारायण जिसीले जानकारी दिए । बैठकले पार्टीले तय गरेको कार्यदिशालाई आत्मसाथ गर्दै एकताको पक्षमा उभिने र मंसिर १३ गते दाङको लमहीमा हुने लुम्बिनी प्रदेशस्तरीय एकता घोषणा सभामा सहभागिता जनाउने निर्णय गरेको हो ।

    images
    images
    images

    पार्टीको १६ वटै पालिका, क्षेत्र र जनवर्गीय संगठनका नेताहरु सहभागी बैठकलाई सम्बोधन गर्दै विघटित माओवादी केन्द्रका केन्द्रीय नेता एवं पूर्वमन्त्री चक्रपाणी खनाल बलदेवले नेकपा माओवादी केन्द्र नेकपा एकिकृत समाजवादी लगायत अन्य कम्युनिष्ट पार्टीहरुको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीमा बिना संकोच लाग्न आग्रह गरे ।

    images
    images
    images

    उनले संकिर्ण सोंचबाट माथि उठेर पार्टी एकताको पक्षमा उभिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए । बैठकमा बोल्दै खनालले जनार्दन शर्मा तर्फ इङ्गित गर्दै पार्टी एकता र विचार निर्माणको क्रममा छुट्ने र जुट्ने क्रम चल्ने भन्दै पार्टी छोडेर हिँड्नेहरुको गन्तव्य टाढा नरहेको समेत जिकिर गरे ।

    images
    images
    images

    अहिलेसम्म पार्टी छोडेर गएकाहरु केही वर्ष बाहिर हल्लिएर पार्टीमा फर्केको इतिहास रहेको बताउँदै नेता खनालले देश गम्भिर संकटमा रहेको बेला एक ढिक्का हुनुपर्नेमा पार्टी छाडेर वरालिनेहरुलाई गाली र टिप्पणी गर्न आवश्यक नरहेको बताए । बैठकमा नेताहरु शुदर्शन वराल, हकिउल्ला खाँ,रामु परियार र सोनिया यादवले बोल्दै एकता सफल बनाउन एकजुट भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।