देवदह । नेकपा (माओवादी केन्द्र) देवदह नगर कमिटीले १६ वटा जनवर्गीय संगठनको इन्चार्ज तोकेको छ। शनिबार बसेको नगर कमिटीको बैठकले इन्चार्जहरूको जिम्मेवारी तोकेको नगर अध्यक्ष दीपक न्यौपानेले जानकारी दिए।
१६ वटै जनवर्गीय संगठन हेर्ने गरी जनसंगठन फ्याक्सन इन्चार्जमा यमलाल तिवारी "भरत" चयन भएका छन्। योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) इन्चार्जमा घनश्याम डुम्रे, अनेमसंघ क्रान्तिकारीमा सुन्दरी गिरी, मगर राष्ट्रिय मुक्ति मोर्चामा केशर बहादुर पुन, अखिल नेपाल सुकुम्बासी संघमा चोडा प्रसाद चापागाईं, दलित राष्ट्रिय मुक्ति मोर्चामा गङ्गा राम विक, देवदह उद्योग व्यापार संघमा गणेश कुमार खाती, अखिल नेपाल बुद्धिजीवी संगठनमा गोविन्द बहादुर ठडराई र अखिल नेपाल मजदुर संगठनमा दिल्लीराम रिजाल तोकिएका छन्।
यस्तै, सहकारी केन्द्र नेपालमा अमृत बहादुर फुल्लेल, मधेसी र थारुवान मुक्ति मोर्चामा हरिद्वार यादव, अखिल नेपाल यातायात मजदुर संघमा दिल्लीराम रिजाल, एकीकृत शिक्षक संगठनमा दिनानाथ सापकोटा र कर्मचारी संगठनमा र अखिल क्रान्तिकारी सचिवालयले हेर्ने निर्णय भएको पार्टीले जनाएको छ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका रुपन्देही संयोजक नारायण जिसी 'निर्मल'ले माओवादी केन्द्रले संगठन निर्माण अभियानलाई तीव्रता दिएको र पछिल्लो समयमा माओवादी केन्द्रमा जनलहर बढेको बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य सुजित विक, मोतिलाल ढकाल, गोविन्द पङ्गेनी, निर्मला जीसी लगायतको उपस्थिति थियो।
त्यस्तै, बैठकले जेठ मसान्तसम्म देवदहका सबै वडामा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको नगर अध्यक्ष दिपक न्यौपानेले जानकारी दिए।
बैठकको अध्यक्षता नगर अध्यक्ष दिपक न्यौपानेले गरेका थिए भने उपाध्यक्ष कला ढकालको स्वागत र सचिव होम विकको सञ्चालनमा बैठक सम्पन्न भएको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology