Logo

२०८३, श्रावण २७गते


images
images

०८४ सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष दाहाल

०८४ सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष दाहाल

images
  • ०८४ सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष दाहाल
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन् । शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए । 

    images
    images
    images

    प्रचण्डले अहिलेको सरकारले भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताए । उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले आरोप लगाए ।  

    images
    images
    images

    ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ ।’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ ।’

    images
    images
    images

    उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गर्दै त्यतिन्जेत सम्म जनताकै साथमा रहने बताए । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने उनको भनाई छ । सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताएका प्रचण्डले आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको उल्लेख गरे । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।