Logo

२०८३, श्रावण २७गते


images
images

पाल्पाको अर्गलीमा आलु महाेत्सव

पाल्पाको अर्गलीमा आलु महाेत्सव

images
  • सेतोमसी सहकर्मी
  • पाल्पाको अर्गलीमा आलु महाेत्सव
    images
    images

    पाल्पा  । अर्गली त्यसै पनि पाल्पा जिल्लाकै कृषिकाे हवकाे रुपमा परिचित छ । फाँटैभरि मौसम अनुसारका बालि त उत्पादन हुन्छन नै घरघरमा तरकारी उत्पादन गरेर नजिकैकाे रिडीबजार र तानसेनसम्म यहाँको तरकारी पुग्छ ।

    images
    images
    images

    शनिवार तानसेन नगरपालीका वडा न १४ अर्गलीकाे महौल अलि फरक थियाे । अर्गलीमा पहिलो पटक आयाेजना भएकाे आलु महाेत्सवले शनिवार दिनै भरि अर्गलीकाे माहौल तातेकाे थियाे ।

    images
    images
    images

    तानसेन नगरपालिकाका प्रमुख सन्ताेष लाल श्रेष्ठले आलु महाेत्सव आफैमा किसानका लागि प्रभावकारी भएकाे र तानसेन नगरपालिकाले याे क्षेत्रकाे कृषिकाे व्यवसायीक प्रवर्द्धनमा कुनै कसर बाँकि नराख्ने उदघाेष महाेत्सव उदघाटनका क्रममा गरे ।

    images
    images
    images

    महाेत्सव त अनेक हुन्छन तर किसानलाई लक्षित गरि अर्गलीमा पहिलोपटक अर्गली आलु महाेत्सवकाे आयाेजना भयाे जुन फरक खालकाे अनुभुति थियाे ।
    त्यसाे त कास्की जिल्लाकाे पाेखरा महानगर पालिका वडा न २५ हेम्जामा हरेक वर्ष फागुन चैत्र तिर नेपालकै सबैभन्दा ठुलाे आलु महाेत्सव लाग्छ र विशाल आलुका पहाड हरुकाे बिक्री बितरण हुन्छ त्यस्तै नभएपनि आलु खेतिलाई प्रबर्द्धन गर्नका लागि र किसानलाई आलु खेति बारे जानकारी दिन याे महाेत्सवकाे आयाेजना गरिएकाे तानसेन नगरपालिका वडा न १४ अर्गलीका वडाध्यक्ष शाेभाखर भट्टराईले बताए ।

    तानसेन  नगरपालिका  तथा  एकिकृत  हरित   जिविकाे  पार्जन  सहयोग  परियोजना  रेडाकाे सहकार्यमा भएकाे याे महाेत्सव   किसानले उत्पादन  गरेका  कृषि  उपजहरुलाई  बजारिकरण गर्दै  किसानलाई  किसानलाई प्राेत्साहन गर्नुका साथै  स्थानिय कला सस्कृति  र आलुका बिभिन्न परिकार लाई  पारखिमाझ पस्किन यस प्रकारका महाेत्सव फलदायि हुने रेडाका निर्देशक   लिला बहादुर कार्किकाे भनाई छ ।

    महोत्सवमा तानसेन नगरपालिका,  रिव्दीकोट गाउँपालिका, रुरुक्षेत्र  गाउँपालिकाका अध्यक्ष  तथा प्रतिनिधिहरु एवं राजनैतिक  दलका  प्रमुखसहित स्थानिय सर्वसाधारणकाे ठुलै भिडभाड थियाे ।

    महोत्सव  स्टलमा पाल्पाली चुकौनी,  आलुका पकौडा, आलुको खिर , आलु फ्राइ,  तरुल, स्थानीय चामलकाे पिठाेकाे सेलरोटीकाे स्वाद चखाईएकाे थियाे। 
     
    सो अबसरमा विभिन्न कृषक समुहलाई  सम्मान  समेत गरिएको  थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।