Logo

२०८३, आश्विन १०गते


images
images

पोखराको हेम्जामा आलु महाेत्सवकाे तयारी,  ३० हजार केजी आलुकाे पहाड बनाईने

पोखराको हेम्जामा आलु महाेत्सवकाे तयारी,  ३० हजार केजी आलुकाे पहाड बनाईने

images
  • सेतोमसी सहकर्मी
  • पोखराको हेम्जामा आलु महाेत्सवकाे तयारी,  ३० हजार केजी आलुकाे पहाड बनाईने
    images
    images

    कृष्ण अन्जान, हेम्जा (कास्की) । पाेखरा महानगरपालिकाकाे हेम्जा भन्ने बित्तिकै आलुकाे सम्झना आईहाल्छ । पारी माछापुच्छ्रे र तल सेती कलकलाउँदै बग्ने सुन्दर र रमणीय ठाउँ सँगै कृषिका लागि उर्वर ठाउँ हाे-हेम्जा ।

    images
    images
    images

    हेम्जा गाउँमा उत्पादित आलुकाे महत्त्वलाई जीवन्त राख्न यहाँ आलु महाेत्सव लाग्ने गर्छ । महाेत्सव पनि कहाँ चानचुने हाे र? आलुका पहाड, आलुकै खान्किले महाेत्सवमा रौनकता थप्छ । यहाँसम्मकि महाेत्सवमा आउने पाहुनालाई आलुकाे माला लगाएर स्वागत गरिन्छ ।

    images
    images
    images

    यहि श्रृङखलालाई निरन्तरता दिँदै आउँदो २६ चैतदेखि बैशाख ३ गतेसम्म ११ औं संस्करणको आलु महोत्सव हुने बताईएकाे छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक सँस्था  विष्णुपादुका क्लबले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

    images
    images
    images

    काेभिडका कारण ३ वर्षदेखि रोकिएको महोत्सवलाई यो वर्षदेखि निरन्तरता दिन लागिएको हो ।

    महाेत्सवमा आउने ग्राहकहरुलाई ध्यानमा राखि याे वर्ष महोत्सवमा ३५ रुपैयाँ किलोमा आलु बिक्री गर्ने क्लबका महासचिव बसन्त श्रेष्ठकाे भनाई छ । हेम्जामा  ३ सय हेक्टरमा १० करोड बराबरको आलु उत्पादन भएको अनुमान महानगरपालिकाको छ । महोत्सवकै अवसरमा १ हजार ८०९ जना कृषकलाई परिचय पत्र वितरण गरिने महानगरपालिकाको कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

    महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय स्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत छन् ।

    महोत्सवमा आकर्षणका लागि ३० हजार किलो आलुको पहाड बनाउने तयारी छ । महोत्सवमा ३० वटा कृषि प्रदर्शनीका स्टल र ९० वटा व्यापारिक स्टल रहने मूल आयोजक समिति संयोजक सुबिन श्रेष्ठले जानकारी दिए ।

    आयाेजक सँस्था बिष्णुपादुका क्लब याे क्षेत्रका अग्रणी क्लब मानिन्छ । मुख्यतया खेलकुद क्षेत्रलाई महत्त्वमा राख्दै आएकाे याे क्लबले फुटबलका राष्ट्रिय खेलाडि उत्पादन गरेकाे छ भने पछिल्लो चरणमा कृषि उत्पादनलाई केन्द्र बिन्दुमा राखेर आलु महाेत्सव पनि गर्देै आएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।