सुमन गाहा, पाल्पा । जिल्लाको माथागढी गाउँपालिका रहेको माउण्ट भ्याली इङ्गलिश स्कूलले आफ्नो शिक्षण सिकाइ क्रियाकलापलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउदै लगेको छ । विद्यालयले आईएसए २०१९–२० का लागि सम्पूर्ण परियोजनाहरु सम्पन्न गरिसकेको विद्यालयका अन्तर्राष्ट्रिय संयोजक ध्रुव थापाले बताए ।
विद्यालयले युके, पाकिस्तान इजिप्ट र श्रीलंका लगायत विश्वका विभिन्न स्कुलहरुसंग समन्वय गरि काम गर्दै आएको जनाएको छ ।
सन् २०१४ देखि ब्रिटिश काउन्सीलको सहकार्यमा विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रीत बनाउन लागेको विद्यालयका प्रिन्सीपल प्रेमराज खरालले बताए । विद्यालयले पाठलाई कक्षामा पढाउने, घोकाउने भन्दा पनि क्रियाकलापमुखी बनाउँदै विभिन्न परियोजना कार्य गराएर विद्यार्थीहरुलाई अग्रसर बनाउँदै सिक्ने वातावरण तयार गर्ने गरेको छ । 
विद्यालयले यस्ता परियोजना गरेर नेपाल सरकार र ब्रिटिश काउन्सीलबाट आइएसए अवार्ड २०१६–१९ पनि प्राप्त गरेको थियो
सेतोमसी सहकर्मीसंगको कुराकानीमा माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले समेत माउण्ट भ्यालीको असल अभ्यास पालिका भरीका विद्यालयका लागि अनुकरणीय भएकाले सबैले अबको शिक्षा क्रियाकलाप र परियोजनामा आधारित बनाउनु पर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology