सुमन गाहा, पाल्पा । कुनै समय करेसाबारी र आँगनको शोभाका रुपमा लगाइने फूल अहिले व्यावसायिक रुपमा लगाउन थालिएको छ । विभिन्न कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलको खेति सुरु हुन थालेको हो ।
जिल्लाको माथागढी गाउँपालिका वडा नं. २ रूप्सेमा अहिले व्यावसायिक रुपमा फुलको खेति गरिएको छ । तिहारको आगमनसँगै फूलको मालाको माग अत्याधिक वढ्ने भएकाले उत्पादनमा समेत वृद्धि भएको छ । रुप्सेका दमोदर घर्तीको घर नजिकै खेतमा रहर लाग्दो तरकारी फलेको छ । त्यसको अलि तल खेतमा उनैको ब्यवसायी फुलखेती ढकमक्क फुलेको छ ।

माध्यमिक तहको पढाई सकेर रोजगारीको सिलसिलामा ४ वर्ष भारतमा बिताएका घर्तीले सामाजिक सञ्चालनबाटै सिकेर फूल खेती गरेको बताउँछन । बजारमा विशेष गरी तिहारको बेला कृत्रिम रबरका फुल तथा मालाले वर्चस्व कायम गरिरहेको अवस्थामा ति फूललाई निरुत्साहित गर्न आफुले ब्यावसायीक रुपमा फुल खेती गरेको घर्तीले भनाई छ ।
घर्तीले माराखोप बहुउद्देश्यीय कृषि फर्म दार्ता गरि पहिलो वर्ष २ रोपनी क्षेत्रफलमा फुलखेती गरेता पनि कोरोना महामारीका कारण सोंचे जति राम्रो बजारीकरण नभएको बताउँछन् । उनैले यो वर्षमा ५ रोपनी क्षेत्रफलमा फुलखेति गरेका छन् ।

उनको फर्ममा दैनिक जसो फुल खेति हेर्न आउने र फुलको अडर गर्न आउनेको भिड नै लाग्छ । आफुले उत्पादन गरेको फुल कहाँ लिएर विक्री गरौं भन्ने समस्या नरहेको घर्तीको भनाई छ । आफुले उत्पादन गरेको फुल पाल्पा र रूपन्देही जिल्लामा विक्रीे गरेको घर्तीले बताउनुभयो ।
जिल्लाको सदरमुकाम र विभिन्न स्थानका बजारबाट फुल लिन आउने गरेका छन् । माग अनुसार जिल्लामा फुल उत्पादन हुन नसकेको उनको भनाइ छ ।
अहिले उनले एउटा मालालाई २ सय र प्रति के.जि ४०० सय रुपैयामा विक्री गर्ने गरेका छन् । पहिले तिहारका लागि मात्रै सयपत्री फुल उत्पादन गर्ने गरे पनि घर्तीले यस वर्ष देखि बाह्रै महिना फूल उत्पादन गर्ने बताए ।
“जिल्लामा १२ महिना नै फुलको माग भएकाले बाह्र महिना नै फुल उत्पादन गर्ने थालेको छु” सेतोमसीसंग घर्तीले भने ।
सयपत्री मात्रै नभएर गुलाफ तथा अन्य फुल पनि उत्पादन गर्ने सोंचमा रहेको घर्तीले बताए । अहिले सजावटका लागि जिल्ला बाहिरबाट गुलाफको फुल आउने गरेको उनको भनाई छ ।
गत वर्ष फुल बिक्रीवाट आफुले कोरोना माहामारीको समयमा पनि ५० हजार रुपैया चोखो नाफा गर्न सफल भएको उनी बताउँछन् । उनको काममा उनीसंगै परिवारले सहयोग गर्दै आएको छ ।

थोरै लगानीबाट राम्रो आम्दानी गर्ने सकिने भएकाले यसतर्फ लाग्न अन्य कृषकलाई समेत उनको आग्रह छ । उनलाई यो वर्ष गाउँपालिकाले फूल खेति नर्सरीका लागि ५० हजार सहयोग समेत गरेको छ ।
यस वर्ष बेमौसमी वर्षाका कारण फुल खेतिलाई पनि असर गरेको र सोचे जति आम्दानी नहुँने होकि भन्ने चिन्तामा उनी छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology