Logo

२०८३, श्रावण २७गते


images
images

कविता  : फूल सधैं यस्तो सोच्दो हो - रेशम अशोक

कविता  : फूल सधैं यस्तो सोच्दो हो - रेशम अशोक

images
  • कविता  : फूल सधैं यस्तो सोच्दो हो - रेशम अशोक
    images
    images

    कविता  : फूल सधैं यस्तो सोच्दो हो

    images
    images
    images

    बिहानी किरणसंगै  फक्रीएको को फूल यस्तै सोच्दो हो ।
    संगै हुर्केको काँडा र म बिच कत्ती फरक
    माया देखि प्रीतिसम्म
    जन्म देखि मृत्युसम्म
    दशै देखि लोसारसम्म
    मस्जिद देखि बिहारसम्म

    images
    images
    images

    फूल यस्तै सोच्दो हो
    कहिले स्वागतका  निम्ति चुडिए
    कहिले बिदाईका निम्ति चुडिए
    कहिले प्रेममा चुडिए
    कहिले बिछाेडमा कुल्चिए
    तर आज सम्म म मेरा लागि कहिले चुड्न पाएको छैन ।

    images
    images
    images

    प्रेमको प्रतिक मानिएको फुलसंग प्रेम गर्न कहिले नजानेको मनुष्य फूलको कोपिला
    पत्थर अगाडि चढाइ पुन्य कमाउदै छ ।
    तिम्रो लोकमा त फूल पुन्य र पापमा जोखिने रैछु ।

    बर्सेनि फूललाइ बचाउन खोज्दा खोज्दै थाकेको काडाबारे
    फुल यस्तो पनि सोच्दो हो
    मेरो जिवनमा काडा नभएको भए मेरो के अर्थ
    मलाई निमोठ्न खोज्दा
    काडाले घोचिन्दिन्छ
    र पो म बाचेको छु

    काडा नहुने फुलको के अर्थ,
    फुल नहुने काडाको के अर्थ
    काडा र फूलबिच प्रेम छ, फुल फक्ररिएको छ
    फुल काडा बन्न कहिले खोजेन र काडा फुल बन्न
    तेसैले त यो संसार फुल जस्तै सुन्दर छ ।                    -रेशम अधिकारी 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माथागढी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।