Logo

२०८३, आश्विन २१गते


images
images

ओलीले भने–प्रश्नको उत्तर दिएर मात्रै पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्छ

ओलीले भने–प्रश्नको उत्तर दिएर मात्रै पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्छ

images
  • ओलीले भने–प्रश्नको उत्तर दिएर मात्रै पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्छ
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीले प्रश्नको उत्तर दिएर मात्रै नपुग्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले देशको भविष्यलाई प्रभावित प्रश्नको उत्तर मात्र दिएर नपुग्ने भन्दै जनतालाई अनुभूति हुनेगरी परिणाम दिनुपर्ने बताएका हुन् । 

    images
    images
    images


    ‘प्रश्नहरु दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तर मात्र दिए पुग्छ । देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तर मात्र दिएर पुग्दैन, जनतालाई अनुभूति हुनेगरी परिणाम दिनु पर्छ’, अध्यक्ष ओलीले लेखेका छन्, ‘सांसद्हरुले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् ।’  

    images
    images
    images


    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (बिहीबार) संसदमा सांसदहरुसँग सवाल जवाफ गरेका थिए । तर अध्यक्ष ओली सवाल जवाफ भएको प्रतिनिधिसभाको बैठकमा भने अनुपस्थित रहेका थिए ।

    images
    images
    images


    अध्यक्ष ओलीले स्वास्थ्य अवस्थामा आएको खराबीका कारण आफू प्रतिनिधिसभाको बैठकमा आउन नसकेको जानकारी गराएका छन् । उनले भनेका छन्, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद् समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’   


    आजको बैठकमा अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे प्रस्ट पार्ने बताएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।