Logo

२०८३, आश्विन २१गते


images
images

गिरिजाले गरेको महाकाली सन्धि हामीले सच्यायौँ : ओली

गिरिजाले गरेको महाकाली सन्धि हामीले सच्यायौँ : ओली

images
  • गिरिजाले गरेको महाकाली सन्धि हामीले सच्यायौँ : ओली
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएको दाबी गरेका छन् । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतिलाई खारेज गरेर आफूहरूले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो । 

    images
    images
    images

    पार्टी निकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरूले सच्याएपछि त्यसबाट अनेक फाइदा भइरहेको पुरानै अडान दोहोर्‍याए । उनले भने, ‘२०५४ सालमा महाकाली सन्धिको अत्तो थापेर पार्टी फुटाउने काम भयो । महाकाली सन्धि, नबुझ्नेले अलि पछि बुझ्छन् । कोही कोही नबुझी बिते भने तिनका सन्तानले पछि बुझ्छन् । नपढीकन बिते भने के गर्ने ? तिनका सन्तानले बुझ्लान् । महाकाली सन्धि सच्याइएको सन्धि हो । हामीले गरेको सन्धि होइन । हामीले सच्याएको चाहिँ हो । हामी सरकारमा थिएनौँ, प्रतिपक्षमा थियौँ । प्रतिपक्षमा हुँदा खेरी पनि निर्णय पनि हामीले गरेका हौँ । जस पनि । अपजस दिनेले हामीलाई दिए । जस त एमालेलाई किन दिन्थे उनीहरू । दिँदैनन् । अहिले पनि वर्षमा ४ अर्ब रुपैयाँ विद्युत्को त नेपालले पाइराखेको छ । ४ अर्ब त वर्षमा त्यो सम्झौता गरेको हुनाले पाइराखेको छ । अरू पानीका फाइदाहरू यस्ता अनेक फाइदाहरू छन् । माथि पञ्चेश्वरका अनेक फाइदाहरू छन् ।’

    images
    images
    images

    अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरिएको सम्झौतालाई होइन भनेर नेपाली जनतालाई ढाँट्ने काम गरेपछि आफूहरूलाई त्यसलाई सच्याउने काम आफूहरूले गर्नु परेको समेत बताए । उनले भने, ‘ यो दुई तिहाइमा आउनु पर्छ । र, दुई तिहाइले जमिन दिन कसैले पनि मिल्दैन । जमिन दिने होइन, हाम्रो जमिनमा बाँधसम्म बाँध्न दिन सकिन्छ । हाम्रो जमिनमा बाँध बाँध्न हामीले दियौँ । जमिन हाम्रो हो । पहिले चाहिँ बाँध बाँध्नका लागि जमिन दिने भनिएको थियो । हामीले हाम्रो जमिनमा बाँध बाँध्न दियौँ । एकदमै फरक छ ।’

    images
    images
    images

     

    ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको गुनासो समेत गरे । अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै त्यस्ता उद्दण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरेको पनि बताए । 

    उनले भने, ‘मैले हिजो, अस्ति हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौँ । तपाईंहरुले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दाखरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरू, अराजनीतिक व्यक्तिहरूले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरू गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत देखिएको छ । यहाँ भित्र उनीहरूले भित्र भित्र खेलाउने, जसलाई मैले छौँडा भन्ने गरेको छु । यो पूर्व दरबारियाहरुले छौँडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन् । अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुङ्गा हान्न त्यहाँ गएका छन् । हाम्रा विरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू यिनका मुखबाट भएको छ । त्यो म आफैँले देखेर, भोगेर आएको छु । हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काहीँ ढुङ्गा हान्ने, काहीँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डता र सरकार मूकदर्शक । ढुङ्गा हान्दिएन भने बीचमा पुलिस उभिएको छ । अब ढुङ्गा हान्दियो भने त उसलाई पनि लाग्ने भयो । अरूलाई पनि लाग्ने भो । हामीलाई भन्दा पहिले त पुलिसलाई लाग्ने भयो । उसले रोकेर बसेको छ । अलिक मूकदर्शक । उनीहरूले पेलेका छन् । धक्का दिएका छन् । पुलिसलाई मुन्टाइएको छ । धक्क्याइएको छ । धक्कामुक्का आएको छ । तर, चुप लागेर बस्छ । माथिको आदेश छैन । अथवा यो गठबन्धन सरकारको पनि यस्ता असामाजिक क्रियाकलापहरू गर्ने, गराउने कुरामा चाहिँ जेसुकै भने पनि, मुखले जे सुकै भने पनि तिनलाई नियन्त्रण गर्ने, त्यो २० जना केटा छैनन् त्यहाँ । त्यो २०–२५ जना केटाहरूलाई च्यापच्याप समाउन सकिँदैन ?’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।