Logo

२०८३, श्रावण २७गते


images
images

बुंगल नगरपालिका

शिक्षा अधिकृतलाई हटाएर राहत शिक्षकलाई शाखा प्रमुखकाे जिम्मेवारी, शिक्षककाे बढुवा राेकियाे

शिक्षा अधिकृतलाई हटाएर राहत शिक्षकलाई शाखा प्रमुखकाे जिम्मेवारी, शिक्षककाे बढुवा राेकियाे

images
  • शिक्षा अधिकृतलाई हटाएर राहत शिक्षकलाई शाखा प्रमुखकाे जिम्मेवारी, शिक्षककाे बढुवा राेकियाे
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङको बुंगल नगरपालिकामा छैठौँ तहको शिक्षा अधिकृतलाई हटाएर करारमा कार्यरत शिक्षकलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । नगरपालिकामा छैठौँ तहको शिक्षा अधिकृत देवराज जोशी हुँदाहुँदा नगरप्रमुख जयबहादुर धामीले जोशीलाई हटाएर सरस्वति माध्यमिक विद्यालयमा करार/ राहत कोटामा कार्यरत शिक्षक गोपाल कुँवर शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।

    images
    images
    images

    यसअघि नगरपालिकामा देवराज जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएपछि नगरप्रमुख धामीले कार्यपालिकाबाट निर्णय नै नगराई एकल रुपमा गोपाल कुवरलाई नगरपालिकामा काजमा ल्याएर शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिएका थिए  । 

    images
    images
    images

    त्यसपछि राजनितीक दवाबका कारण काम गर्न नसक्ने भन्दै  अधिकृत जोशीले निमित्त प्रमुख प्रशासकीय अधिकृत बाट राजिनिनामा दिएका थिए । पहिलेनै निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट राजिनामा दिएर फेरी शिक्षा शाखामा फर्किएपछि शिक्षा शाखा प्रमुखको जिम्मेवारी जोशीलेनै पाउने निर्णय भएको थियो र विशिष्टता र छैठौँ तहको शिक्षा अधिकृत स्थायी भएकोले आफुले शिक्षा शाखा प्रमुख पाउनुपर्ने जोशीले माग गरे । तर नगरकार्यपालिको गत चैत्र ६ गतेको बैठकले अधिकृत जोशीको जिम्मेवारी खोस्दै शिक्षा शाखा प्रमुखको जिम्मेवारी कारारमा कार्यरत कर्मचारी गोपाल कुवँरलाई दिने निर्णय गरेको थियो। 

    images
    images
    images

    सो निर्णयमा नगर उपप्रमुख धन बहादुर बोहरा लगायतका केहि जनप्रतिधिले शिक्षा अधिकृतलाई हटाएर करारको कर्मचारीलाई शाखा प्रमुख राख्न नमिल्ने भन्दै फरक मत पनि राखेका थिए ।  तर बहुमतका आधारमा कार्यपालिकाबाट उक्त निर्णय पास भएपछि प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले कार्यपालिकाको निर्णयका आधारमा  बैशाख ५ गते कुवरलाई शिक्षा शाखा प्रमुखको जिम्मेवारी दिए । 

    शिक्षा शाखाका काम प्रभावित

    नगरपालिकामा शिक्षा अधिकृत हुदाहुदै करारको कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारी दिएपछि नगरपालिकाको शिक्षा शाखाका कामहरु प्रभावित भएका छन् । 

    सरकारले करारको कर्मचारीहरुलाई  प्राबिधिक कामहरु गर्ने अधिकार दिएको भएपनि नगरपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकहरुको कार्यसम्पादन फाराम, शिक्षकको विदा प्रमाण्ति, पेन्सन, कर्मचारी संञ्चय कोष लगायतका प्रशासनिक कामहरु गर्ने अधिकार नभएपछि समस्या भएको हो । 

    कार्यसम्पादन मुल्याङ्कन स्थायी कर्मचारीले नै गर्नुपर्ने र करारका कर्मचारीले नगरपालिकाभित्रका स्थायी शिक्षकहरुको कार्यसम्पादन फाराम, विदा प्रमाणित लगायतका कामहरु गरेर पठाए पनि शिक्षा निर्देशनालयले नमान्ने भएकाले स्थायी शिक्षकको बढुवाको ढोका नै बन्द भएको छ ।  

    शिक्षा ऐनमा कार्यसम्पादन मुल्याकंन स्थानीय तहको शिक्षा अधिकृतले गर्नुपर्ने र त्यो नभएको हकमा  शिक्षा विकास समन्वय उपप्रमुखले गर्नुपर्ने प्रबधान रहेको छ  ।

    सेवाग्राहीलाई सास्ती

    बुंगल नगरपालिकाका वडा नं ११ शिव माध्यमिक विद्यालयका शिक्षक मानबहादुर बोहरा चैत्र २७ गते ६० बर्ष उमेरहद पुरा गरेर अनिवार्य अवकाशको लागि आवश्यक कागजात जुटाएर विदा प्रमाणितको लागि नगरपालिका पुगे । करारका कर्मचारीले स्थायी शिक्षकको विदा प्रमाणित गर्न नपाइने भएपनि शिक्षा शाखा प्रमुख गोपाल कुवरले अवकासका लागि विदा प्रमाणित गरेर  जिल्ला शिक्षा समन्वय इकाइमा पठाए।  तर जिल्ला शिक्षा तथा समन्वय इकाइले भने उक्त कार्य ऐन विपरीत गरेकोले काम नहुने भन्दै फिर्ता पठाएको छ । नगरपालिकामा शिक्षा अधिकृतको जिम्मेवारी खोसिएपछि बोहोरा जस्तै नगरपालिकाभित्र काम गर्न धेरै शिक्षकहरुले उत्त समस्या भोग्दै आएका छन् । 

    अघिल्ला बर्षहरुमा पनि करारका कर्मचारी धनकृष्ण रेग्मी शिक्षा शाखाको प्रमुख रहदा यहि प्रक्रया नमिलेका कारण धेरै स्थायी  शिक्षकहरुको बढुवा रोकिएको थियो, जुन पुन: दोहोरिएको छ ।
     
    शिक्षा अधिकृत जोशीले भने आफुमाथि अन्याय भएको र राजनितीक पुर्वआग्रहका कारण आफुलाई शाखा प्रमुखबाट हटाएको बताएका छन् । "मेरो जिम्मेवारी अरुलाई दिएपछि म शाखामा जिम्मेवारीविहीन भएको छु । मलाई संघिय सरकारले दिएको जिम्मेवारी स्थानिय सरकारले खोसेपछि जिम्मेवारी विहीन भएँ" उनले भने ।  आफु काम गर्न आएको सरकारी कर्मचचारी भएकाले प्रमुख प्रशासकीय अधिकृतसंग आफुले जिम्मेवारी मागेको र पाएको जिम्मेवारी समाल्ने  उनको भनाई छ । 

    यस विषयमा बुंगल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले भने आफु नगरपालिकामा नहुँदा कार्यपालिकाले चैत्र ६ गते गरेको निर्णय आफुले सरकारले गरेको निर्णयलाई कार्यान्वयन गरेको बताए । 
     
     नगरपालिकाका नगरप्रमुख धामीले भने देवराज जोशी निमित्त प्रमुख प्रशासकीय अधिकृत रहंदा कुवरलाई जिम्मेवारी दिएको र अहिले जोशीले प्रशासकीय अधिकृतबाट राजिनामा दिएर फर्किएपछि राम्रोसंग काम नगर्ने र बढी विदामा बस्ने गरेको कारण कार्यपालिकाबाटै निर्णय गरेर शाखा प्रमुखको जिम्मेवारी कुवरलाई दिएको तर्क गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।