Logo

२०८३, श्रावण २७गते


images
images

बझाङमा जीप दुर्घटना, ६ जना घाइते

बझाङमा जीप दुर्घटना, ६ जना घाइते

images
  • बझाङमा जीप दुर्घटना,  ६ जना घाइते
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । छबिसपाथिभेरा गाउँपालिका ७ खोरीमा शुक्रबार जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

    images
    images
    images

    दुर्घटनामा परि घाइते हुनेमा छबिसपाथिभेरा गाउँपालिका-७ बुड्खोरीका रहेका छन । दुर्घटनामा २५ वर्षिय इनार महत, वर्ष ३१ का रामबहादुर धामी, १४ वर्षिय अशोक धामी, १६ बर्षका सन्तोष धामी, २२ बर्षका प्रकाश धामी र १६ वर्षका मिलन धामी रहेका प्रहरी जनाएको छ । 
     
    घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल लगिएको छ ।

    images
    images
    images

    गाडीमा चालक विनोद धामी सहित ९ जना सवार थिए । गाडी चालक र अन्य दुई जना सकुशल रहेका छन् । 

    images
    images
    images

    भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराकोबीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # बझाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।