Logo

२०८३, श्रावण २७गते


images
images

बझाङको भवानी मेलामा स्वास्थ्य सेवा

बझाङको भवानी मेलामा स्वास्थ्य सेवा

images
  • बझाङको भवानी मेलामा स्वास्थ्य सेवा
    images
    images

    बझाङ  । बझाङ जिल्लाको विथ्थडचिर गाँउपालिका वडा नँ– ९ मा लाग्ने  भुमिराज कैराला भवानी मेलामा आएका भक्तजनले मेलामै स्वास्थ्य सेवा लिएका छन । दुई दिनसम्म चलेको उक्त मेलामा वडा कार्यालयको समन्वयमा सुनकुडा स्वास्थ्य चौकिवाट खटिगएका स्वास्य कर्मीहरुको टोलीले ७२ जनालाई प्राथमिक स्वास्थ्य सेवा दिएका हुन् । 

    images
    images
    images

    उक्त  मेलामा त्यहाँका स्थानियहरुले भगवान भुमिराज कैरालाको पुजा आरधना गरी रातभर जाग्राम वसेर पुजा गरे मनले सोचेको पुरा हुने धार्मिक जनविस्वास रहेको त्यहाँका स्थानिय बताउछन ।  परावुर्वक कालदेखी लाग्दै आएको मेलामा कोरोनाका कारण चार वर्षदेखी बन्द अवस्थामा रहेको र यो वर्ष मेला सञ्चालन गर्न पाउँदा स्थानियहरु निकै खुसी भएको वडा अध्यक्ष तथा गाँउपालिका प्रवत्ता हरीचन्द्र जोशीले बताए । 

    images
    images
    images

    विगत चार वर्ष देखी बन्द भएको मेलामा स्थानिय उत्पादन सुन्तला, केरा,बदाम लगायत विभिन्न फलफुलहरु विक्रि गर्न नपाउँदा र बजारसम्म पुर्याउन समय लाग्ने भएकाले उत्पादन भएको वस्तुहरु बारीमा कुहिने र नस्ट हुने गरेको थियो। यस वर्ष वडा कार्यालयको समन्यवमा मेला सञ्चालन भएपछी आफुलाई निक्कै खुसी लागेको र वारीमा फलेका फलफुलहरु वेचेर आम्दानी हुने भएकाले यस मेलालाई आर्थिक रुपमा  सहयोग पुगेको ६८ वर्षिय स्थानिय मान वहादुर ढाटले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बझाङ
  • # भवानी मेला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।