Logo

२०८३, श्रावण २७गते


images
images

'बझाङलाई आलुजस्तै दल्हनबालीमा पनि आत्मनिर्भर बनाउने योजना'

'बझाङलाई आलुजस्तै दल्हनबालीमा पनि आत्मनिर्भर बनाउने योजना'

images
  • 'बझाङलाई आलुजस्तै दल्हनबालीमा पनि आत्मनिर्भर बनाउने योजना'
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङ जिल्लालाई बझाङलाई आलु जस्तै दल्हनबालीमा पनि आत्मनिर्भर बनाउने योजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, बझाङले बनाएको छ । दल्हनवालीमा बझाङ आत्मनिर्भर बनाउँन आफूले आवश्यक योजना बनाईरहेको परियोजना प्रमुख चरित्र नारायण यादवले बताए । 

    images
    images
    images

    सेतोमसीसंग कुरा गर्दै प्रमुख यादवले आफु कार्यालय प्रमुख भएर जिल्लमा आए पश्चात जोन क्षेत्र विस्तार गरेर कार्य प्रारम्भ गरेको बताए ।  यस आर्थिक वर्षमा कार्यक्रम विगतको भन्दा दुई महिना ढिलो आएकोले केही काम गर्ने असहज भएपनि समयमै सूचना प्रकाशन, प्रस्तावना संकलन र प्राविधिकद्वारा फिल्ड भेरिफिकेसन पश्चात कृषक/लाभग्राही छ्नौट गर्ने कार्य सम्पन्न गरिसकेको उनले बताए । प्रमुख यादवले भने- "मेरो लागि सुदुरपश्चिम प्रदेशको बझाङ जिल्ला नयाँ परिवेश, भुगोल र यहाँको संस्कृति, भेषभुषा , रहनसहन अति नै फरक रहेकाले शुरुमा कूषकसङ्ग काम गर्न असहज महसुस भएको भयो। तर अहिले सहज रूपमा काम अगाडि बढिरहेको छ, अब  दल्हनवालीमा बझाङ्गलाई आत्मनिर्भर बनाउने गरि प्राथमिकता निर्धारण गरेका छौं ।" 

    images
    images
    images

    बझाङ जिल्ला आलुमा आत्मनिर्भर भैसकेको अबस्थामा अब पोस्ट हार्भेस्ट  प्रविधी तिर ध्यान दिने र दलहन जोन अन्तर्गत सिमि, भटमास, गहत, मस्याङ, बोडी, राजमा लगायतका दलहन बालीहरुमा एकदमै  न्यून काम भएकोले त्यता तर्फ ध्यान दिनुपर्ने निश्चय गरि काम भैरहेको यादव बताउँछन् । किसानलाई   बिभिन्न कार्यक्रम मार्फत प्रोत्साहन गर्ने कार्यमा कार्यालय जुटेको छ । 

    images
    images
    images

    "कृषकलाई आत्मनिर्भर बनाउन अति जरुरी छ किनकि यस परियोजनाको अवधी अब केवल २-२.५ वर्ष मात्र बाँकी छ" उनले भने सम्पूर्ण सरोकारबालाहरुसंग आवश्यक समन्वय एवम सहकार्य गर्दै अघि बढ्ने र कृषि कर्मलाई गर्विको बनाउने योजनामा हामी छौं ।"

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्वदेशी लगानीबाट संचालित परियोजना हो । नेपाल सरकारको दश वर्षे यो परियोजना वि सं २०७३ मा सुरू भएको हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।