नन्दु यादव, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा युवा समाजले विभिन्न मागहरु राख्दै पाल्हिनन्दन गाउपालिकामा आज बिराेध प्रदर्शन गरेकाे छ ।
कारोना रोकथाम तथा नियन्त्रणको लागी गरिएको निषेधाज्ञाका कारण करदाताहरु मर्कामा परेको भन्दै ‘नो भ्याक्सिन नो ट्याक्स, यथासक्य छिटो भ्याक्सिनको व्यवस्था गर । लकडाउन अवधिभरको कर र बैंककाे ब्याज मिनाह गर । गरिब असहाय परिवारलाई विशेष रुपमा राहतको व्यवस्था गर’ लगाएतका माग राख्दै बिराेध प्रदर्शन गरेका हुन ।
पाल्हिनन्दन गाउपालिकाकाे बेलासपुर चाेकमा प्रदर्शन गरि गाउँपालिका अगाडि काेणसभा सम्पन्न गरिएकाे हाे । कोण सभामा वोल्दै नवलपरासी युवा समाजका संयोजक धर्मेन्द्र गिरिले ब्याज, कर मिनाहा,राहत बितरण र तत्काल पुरै नेपालीहरुलाई कोभिड भ्याक्सिनकाे ब्यवस्थापन सरकारले तत्काल गरिनुपर्ने माग गरे ।
युवाहरुकाे मागलाई पूरा गर्न स्थानिय देखि केन्द्र सम्मकाे सरकारसंग तत्काल पहल गर्ने पाल्हिनन्दन गाउपालिका कि उपाध्यक्ष पबित्रा काेहारले आश्वास दिइन् ।
केही दिन अगाडिदेखि जिल्लाकाे सबै पालिकामा बिराेध प्रदर्शन गर्ने क्रममा आज पाल्हिनन्दनमा बिराेध कार्यक्रम सम्पन्न गरिएकाे युवा समाज नवलपरासीले जनाएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology