Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मी अस्पतालमै मेनेन्जाइटिस परिक्षण र एपेडिक्सको अप्रेसन

गुल्मी अस्पतालमै मेनेन्जाइटिस परिक्षण र एपेडिक्सको अप्रेसन

images
  • गुल्मी अस्पतालमै मेनेन्जाइटिस परिक्षण र एपेडिक्सको अप्रेसन
    गुल्मी अस्पताल भवन
    images
    images

    गुल्मी । गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाईँमा अस्पताल अब्बल बन्दै गएको हो । 

    images
    images
    images

    जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार शुरु भएको छ भने लामो समय रोकिएको एपेण्डिसाइटिसको सल्यक्रिया हुन थालेको छ । जिल्लामै पहिलोपटक ढाडबाट पानी निकालेर मेनेन्जाइटिस रोगको पहिचान गरी उपचार शुरु भएको अस्पतालले जनाएको छ । 

    images
    images
    images

    इस्मा गाउँपालिका ६ की ६ महिनाकी बालिकाको मेनेन्जाइटिस पहिचान गरी उपचार भैरहेको छ । लगातार ज्वरो आउने, डायरिया र बान्ता हुने भएपछि उपचारको लागि गुल्मी अस्पताल आएकी उनलाई दिशा र रगत जाँच गर्दा दिमागमा खराबी आएको देखिएपछि मेनेन्जाइटिसको परिक्षण गरीएको बालरोग विशेषज्ञ डा. विपीन खनालले बताए । ढाडबाट पानी निकालेर मेनेन्जाइटिसको परिक्षण गरी उपचार थालिएको खनालले बताए । जिल्लामा उक्त सेवा रोग पहिचान र उपचारको लागि पाल्पा वा बुटबल जानुपर्ने अबस्था थियो । 

    images
    images
    images

    त्यस्तै एपेन्डिसको शल्यक्रिया समेत गुल्मी अस्पतालमै हुन थालेको छ । अस्पतालका एमडिजिपी डाक्टर नरमा छन्त्यालको समुहले गत फागुन ८ गते मालिका गाउँपालिका –३ का ४३ बर्षिय पूर्ण बहादुर घर्तीको एपेन्डिसको सफल शल्यक्रिया गरेको हो । उनलाई फागुन ७ गते भर्ना गरी ११ गते डिस्चार्ज गरिएको थियो । अब गुल्मी अस्पतालमै नियमित एपेन्डिसको शल्यक्रिया हुने डा छन्त्यालले बताइन् । ४ वर्षदेखि गुल्मी अस्पतालमा एपेण्डिक्सको अप्रेसन बन्द थियो । 

    अस्पताललमा हाडजोर्नीको विशेषज्ञ सेवा केही महिनादेखि सञ्चालनमा छ । अस्पताल विकास समितिले एमडी तहको अध्ययन गरेका विशेषज्ञ डक्टरलाई शत प्रतिशत भत्ता उपलब्ध गराएपछि विशेषज्ञ डक्टरहरुमा उत्साह थपिएको छ । त्यसका अलाबा हाडजोर्नी विशेषज्ञलाई रेसुङ्गा नगरपालिकाले थप भत्ता उपलब्ध गराएको छ । अन्य स्थानीय तहहरुले पनि विशेषज्ञ डक्टरलाई भत्ता उपलब्ध गराउने हो भने विशेषज्ञ सेवाहरु जिल्लामै उपलब्ध गराउने वातावरण बन्ने अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले बताए । यसका लागि विभिन्न स्थानीय तहहरुसँग पनि कुरा भैरहेको पाण्डेको भनाई छ । 

    बिरामीको चाप बढेपछि मेसु आफै ओपिडीमा 

    अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि मेसु डा. राजेन्द्रबहादुर जिसीले आफै ओपिडीमा बसेर बिरामी हेर्ने गरेका छन् । यसअघि अस्पतालमा मेसुले ओपिडीका बिरामी हेर्ने चलन थिएन । तर अस्पतालमा हालै मात्र सरुवा भएर मेसुको रुपमा जिम्मेवारी सम्हालेका डा. जिसीले आफ्नो अध्ययन र जागिर नै बिरामीको उपचारका लागि भएकोले ओपिडीमा बसेर बिरामी हेर्ने गरेको बताए । 

    अस्पतालमा लामो समयदेखि समस्याका रुपमा रहेको खानेपानी र सरसफाईँको समस्या समाधान पनि हुन थालेको छ । बिरामी र कुरुवाले सँधै प्रश्न गर्ने सरसफाइको समस्या समाधानका लागि अस्पतालका सरसफाईं फोकल पर्सन र विभागीय इन्चार्जहरुसँग बसेर छलफल भएको अस्पताल प्रशासनले जनाएको छ । 

    अब सरसफाइँ कर्मचारी र कार्यालय सहायकहरुको ड्युटिलाई थप सहज बनाइँ सरसफाइँ व्यवस्थापनि गरिने व्यवस्थापकको भनाई छ । सरकारले गर्ने न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल यो वर्ष लुम्बिनी प्रदेशको तेस्रो स्थानमा रहेको थियो । 

    गएको एक वर्षमा अस्पतालमा बिरामीलाई पहुँचका आधारमा टिकट काट्ने प्रणाली अन्त्य गर्न टोकन सिस्टम, बिरामीलाई बस्ने ठाउँको सहजताका प्रतिक्षालय, विमा र सामाजिक सेवा लिन विरामीहरु अर्को भवनमा जाने समस्या समाधान गर्न टिकट काउण्टर नजिकै वीमा र सामाजिक सेवा इकाईको सेवा सञ्चालन गर्नेदेखि अस्पतालको रंगरोगन, सरसफाइमा ध्यान दिएको विसका समिति अध्यक्ष पाण्डेको भनाई छ । हाडजोर्र्नी, स्त्रीरोग, बालरोग लगायत विशेषज्ञ सेवा सञ्चालन, मातृ तथा शिशुको निःशुल्क औषधोपचार, आमा सुरक्षा र नवजात शिशुको परिक्षण र उपचार निःशुल्क, अस्तव्यस्त शौचालयको मर्मत तथा सरसफाईँ, कर्मचारीको विदा व्यवस्थापन लगायतका काम पनि गरेको उनको भनाई छ । 

    अस्पतालमा धेरैवर्षदेखि विद्युत आपूर्र्तीको समस्याका कारण मेसिन उपकरणहरु विग्रने समस्या रहेकोले उक्त समस्या समेत समाधान भएको छ । वर्षौदेखि अस्पतलालमा  खानेपानीको समस्या रहेको विषयमा आफू अध्यक्ष बनेपछि थाहा पाएको र समाधानका लागि तम्घासका उपभोक्ता समितिहरु र नगरपालिकासँग पहल गरिरहेको पाण्डेको भनाई छ ।  उनका अनुसार कतिपय समितिको पानी नै कम रहेको, कतिपयको अस्पतालमा पुग्न नसक्ने र कतिपयको जडान शुल्क केही महंगो भएकोले समाधानका नगरपालिकासँग आग्रह गरिएको छ । ‘अस्पतालमा बिरामीबाट उठाएको शुल्कबाट पानी जोड्ने हो, अहिले पानीका लागि लाखांै खर्च गर्ने हो भने भोलीदेखि करारका कर्मचारीले तलब खाने पैसा नहुन सक्छ त्यसैले सकेसम्म सहुलियत र सहज रुपमा पानी जोड्न छलफल गरेका छौं’उनले भने, ‘अब नगरपालिकाबाट जति चाँडै पहल हुन्छ, त्यति चाँडै खानेपानीको समस्या समाधान हुन्छ ।’

    अस्पतालमा नयाँ भवन निर्माणधिन रहेको र पुरानो साँघुरो भवनबाट सेवा दिनु पर्दा केही कठीनाई रहेको छ । त्यो समस्या पनि अब केही महिनामै समाधान हुने अस्पताल प्रशासनको भनाई छ । 

    पछिल्लो समयमा अस्पतालभित्रका विभिन्न विवादिक विषयहरु बाहिरीने गरेका छन् । किन विवाद बाहिरिन्छ भन्ने प्रश्नमा अध्यक्ष पाण्डेले अस्पताल सुधार हुन थालेपछि केही राजनीतिक दलहरुले आफ्ना भ्रातृसंगठन प्रयोग गरेर अस्पताल भित्रबाटै योजनाबद्ध ढंगले आन्दोलन समितिहरु गठन गर्ने, पुराना भर्ना प्रकृयाका आन्तरिक कुराहरु सार्वजनिक गर्ने काम गरेकोले अस्पताललाई विवादित बनाउने व्यक्तिहरुबारे छानविन भैरहेकोले चाँडै कारबाही गरेर अस्पताल सुधार्ने बताए । ‘अस्पताल जस्तो ठाउँमा गुटबन्दी गर्ने, अध्यक्ष र मेसुको चाकडी गर्ने र अनावस्यक विवादित कुराहरु गर्ने, कर्मचारीलाई अनावस्यक रुपमा आन्दोलनका लागि उस्काउने, अस्पताल विवादीत बनाउने अनि आफूले अस्पतालमै आएका बिरामीलाई हात समाएर निजी मेडिकलमा लगेर औषधी बेच्ने सम्मका निकृष्ट कामगर्नेहरु समेत अस्पतालमा छन्’ उनले भने, ‘ति बिकृत व्यक्तिहरुलाई सुध्रनका लागि सुझाव दिइएको छ, सुध्रिएनन र जनतालाई दुःख दिने नियत राखेभने जनताले थाहा पाउने गरी सार्वजनिक गरिने छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।