जेठ १० गुल्मी, अनिष पन्थी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले सुरु गरेको अक्सिजन अभियान बाट संकलन भएको ६० लाख रकम नेपाल पत्रकार महासंघ गुल्मी शाखाले गुल्मी अस्पताललाई हस्तान्तरण गरेको छ ।
आज पत्रकार महासंघ गुल्मीका केही पदाधिकारीको उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको छ।
नेपाल पत्रकार महासंघ गुल्मीले अभियानबाट जुटाएको रकम गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई हस्तान्तरण गरिएको पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जनाएको छ ।
पत्रकारहरुको सक्रियतामा सुरु गरिएको सहयोग अभियानबाट छोट्टो समयमै ६० लाख रकम संकलन गर्न आफुहरु सफल भएको पत्रकार महासंघ गुल्मी शाखाका अध्यक्ष टोपलाल अर्यालले बताउनुभयो ।
नया भेरिएन्ट सहित बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र अक्सिजन अभावको समस्यालाई मध्यनजर गर्दै अभियान सुरु गरेको नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष रेशम कुवरले बताउनुभयो ।
हस्तान्तरण गरिएको रकमबाट काम सुरु हुनका लागि मंगलबार टेण्डर आह्वान हुँदै छ । ६० लाख रुपैयाँको चेक ग्रहण गर्दै जिल्ला अस्पताल गुल्मीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर उत्तम पच्याले पत्रकार महासंघ गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यबाद ब्यक्त गर्नुभयो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology