Logo

२०८३, श्रावण २७गते


images
images

च्याम्पियन्स लिग

पिएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

पिएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

images
  • पिएसजीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि
    images
    images

    काठमाडौँ । फ्रेन्च क्लब पिएसजीले पहिलो पटक  युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

    images
    images
    images

    शनिवार राति जर्मनीको म्युनिखमा सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० गोल अन्तरले परजित गर्दै पिएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

    images
    images
    images

    पिएसजीको जितमा डिजिरे डोउएले २ गोल गरेका थिए भने अचरफ हाकिमी, खभिचा कभारात्सखेलिया र सेन्नी मायुलुले एक एक गोल गरेका थिए । युवा खेलाडीले भरिएको पिएसजीका अगाडी इन्टर मिलान निरिह जस्तै देखिएको थियो ।

    images
    images
    images

    पिएसजीको क्लब इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । यसअघि किलीयन एम्बाप्पे,लियोनेल मेसी र नेइमार जस्ता सुपस्टार फुटबलरले पनि पिएसजीलाई च्याम्पियन्स लिग जिताउन सकेका थिएनन् ।

    पिएसजी यसअघि २०२० मा फाइनलमा पुगेर पराजित भएको थियो ।       

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।