Logo

२०८३, श्रावण २७गते


images
images

अक्सिजन प्लान्ट अभियानद्धारा गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्टेटर प्रदान

अक्सिजन प्लान्ट अभियानद्धारा गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्टेटर प्रदान

images
  • सेतोमसी सहकर्मी
  • अक्सिजन प्लान्ट अभियानद्धारा गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्टेटर प्रदान
    images
    images

    जेष्ठ १२ गुल्मी, सूर्य सुनार
    नेपाल पत्रकार महासंघको अक्सिजन प्लान्ट अभियानमा गुल्मी अस्पताललाई अक्सिजन कन्सन्टेटर प्रदान गरिएको छ । डाफे फाउन्डेसन र नेपाल क्रिटिकल केयर डेभलपमेन्टले गुल्मी अस्पताललाई ३ थान अक्सिजन कन्सन्टेटर सहयोग गरेको हो । अक्सिजन कन्सन्टेटर गुल्मी अस्पताललाई प्रदान गर्ने लक्ष्मण भुसालले समन्वय र सहजीकरण गरेको थिए । 

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना नियन्त्रणमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । कोरोना नियन्त्रणमा नेपाल पत्रकार महासंघले संचालन गरेको अभियानमा सहयोग गर्ने दातालाई प्रमुख जिल्ला अधिकारी शर्माले धन्यवाद दिनुभएको थियो । गुल्मी अस्पतालले अक्सिजन प्लान्ट अभियानलाई संचालन कार्य अघि बढाएको वहाले बताउनुभयो ।

    images
    images
    images

    रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगर भित्र बेड र अक्सिजनको अभाव हुन नदिने बताउनुभयो । नेपाल पत्रकार महासंघ गुल्मीले संचालन गरेको अभियानलाई नगरप्रमुख भुसालले प्रशंस गर्नुभयो । पत्रकारले संचालन गरेको अभियानले जनताको जिवन रक्षा महत्पूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको थियो । साथै, यो अभियान मार्फत विभिन्न ठाउँबाट सहयोग गर्ने दातालाई नगरप्रमुख भुसालले धन्यवाद दिनुभयो । 

    images
    images
    images

    गुल्मी अस्पतालका मेसु डाक्टर उत्तम पच्याले कोरोना महामारीमा जनताको जिवन रक्षा गर्न सहयोग गर्ने दातालाई धन्यवाद दिनुभयो । साथै गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट अभियान कार्य अब केही दिनमै संचालन हुने डाक्टर पच्याले बताउनुभयो । 

    नेपाल पत्रकार महासंघ गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानमा विभिन्न ठाउँबाट सहयोग संकलन कार्य भइरहेको छ । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले महासंघको अभियानमा समन्वय गरी सहयोग गर्ने दाताहरु धन्यवादको पात्र भएको बताउनुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।