गुल्मी, गुल्मी । जिल्लाको मालिका गाउँपालिका जिल्लाकै पहिलो पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषण भएको छ। जिल्ला समन्वय समिति गुल्मीका अध्यक्ष लक्ष्मण पराजुलीले बिहीबार मालिका गाउँपालिकालाई पूर्ण संस्थागत गाउँपालिका घोषण गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि पराजुलीले आर्थिक अवस्थामा कमजोर भएको यस गाउँपालिकाले यस्तो उदाहरणीय काम गरेकोमा धन्यवाद दिदै बजेट अनुसार बितिय र भौतिक प्रगतिमा मालिका गाउँपालिका अगाडि रहेको बताए । ब्रथिङ सेन्टर अझै व्यवस्थित गर्दै अझै सुधार गर्नुपर्ने पराजुलीले बताए । यो पालिकाको अनुगमन निरन्तर गरेको र अब जनप्रतिनिधिहरूले अब ४ वर्षको समीक्षा गर्न जोड दिदै पूरा नभएका कामलाई अब बाकी रहेको समयमा गर्न आग्रह गरे । पालिका भित्रका ८ वटै स्वास्थ्य सस्थाबाट बर्थिङ सेवा रहेको गाउपालिका स्वास्थ्य प्रमुख बसन्त भुसालले जानकारी दिए। गाउँपालिका भित्र रहेका सुत्केरीको घरमा हरियो झणडा कार्यक्रम लागू गरिएको र स्वास्थ्य कर्मीलाई तालिमका साथै थप प्रोत्साहनका कार्यक्रम गरिएको भुषालले बताए।
गर्भवती महिलाहरुलाइ घरबाट स्वास्थ्य सस्था सम्म र स्वास्थ्य सस्थाबाट घरसम्म जानका लागी निशुल्क एम्बुलेन्सको ब्यवस्था गरिएको भुषालले जानकारी दिए। घरमै सुत्केरी गराउँदा जोखिम रहने भएको र ज्यान समेत जान सक्ने अवस्था अन्त्य भएको गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजालले बताइन । सबैको साथ र सहयोगले गर्दा पुर्ण संस्थागता प्रसुती गाउँपालिका घोषण गर्न सफल भएको उपाध्यक्ष अर्यालले रिजालले बताइन। कार्यक्रममा गुल्मी अस्पताल तम्घासका मेसु डाक्टर उत्तम पच्याले पूर्ण संस्थागत प्रसुति गाउँपालिका घोषणा गरेको बधाई दिदै स्वास्थ्य कर्मिले पुराएको योगदानको कदर गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्न आग्रह गरे कुनै पनि आमा बर्थिङ सेन्टरमा नगइ बाटोमा मृत्यु हुने स्थिती सिर्जना नगर्न आग्रह गर्दै यो कार्यक्रम दिगो रुपमा अगाडि बढाउन डा पच्याले आग्रह गरे।
इस्मा गाउँपालिका अध्यक्ष लक्षमण बिस्टले जिल्लामै पहिलो बनाउन सफल गाउँपालिकालाई बधाई दिदै अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविका लगायत सम्पुर्णलाई धन्यवाद दिए। गुल्मी जिल्लाको कर्णाली भनेर चिनिने मालिकाले जिल्लाका ११ स्थानीय तहललाइ उछिन्दै पहिलो पटक यस्तो काम गरेकोमा बधाई दिए । प्रतिवेदनमा उल्लेख भएको १५ बर्षदेखी का विवाहित महिला भन्नेलाई सुधार्न आग्रह गर्दै हाम्रो कानुनले २० नपुगी बिहे गर्न नमिल्ने भएकाले यसलाई सच्याउन आग्रह गरे । यो कार्यक्रम मात्र नभइ पालिकालाई बाल विवाह मुक्त घोषणा गर्ने गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए ।
वैदेशिक रोजगारमा जान नपर्ने अवस्था सिर्जना गर्ने बताए । कार्यक्रममा पूर्ण संस्थागत प्रसुती गाउँपालिका घोषणा गर्न आफ्नो क्षेत्रबाट सहयोग पुर्याउने स्वास्थ्य कर्मी ,कर्मचारी ,जनप्रतिनिधि ,एम्बुलेन्स चालकहरु,राजनीति दलहरु र पत्रकारहरुलाइ सम्मान समेत गरिएको छ। जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलिको प्रमुख आतिथ्यता,इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिस्टको विशेष आतिथ्यता रहेको थियो ।
गाउँपालिका उपाध्यक्ष देवा अर्याल रिजाल , प्रमुख प्रसासकिय अधिकृत दिपक भण्डारी ,गुल्मी अस्पताल तम्घासका मेसु डा उत्तम पच्या ,जिल्ला स्वास्थ्य कार्यलयका निमित्त कार्यलय प्रमुख बोम अर्यालको आतिथ्यता रहेको थियो।गाउँपालिका अध्यक्ष रित बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन शोभखर गिरिले गरेका थीए । कर्मचारी ,जनप्रतिनिधि ,स्वास्थकर्मीको उपस्थितिमा कार्यक्रम समपन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology