देवदह । रुपन्देहीको देवदहमा क्रियाशिल व्यवसायीक संस्था देवदह व्यापार संघले नयाँ वर्ष-२०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाको कार्यालयमा एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका पुर्व सांसद कृष्ण प्रसाद न्यौपानेले पात्रो विमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व लुम्बिनी प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले नयाँ वर्षको आगमन सङ्गै आर्थिक संकटबाट मुक्त हुने, अर्थतन्त्र चलायमान हुने स्थिति आओस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो।
नयाँ वर्षको आगमन सङ्गै व्यावसायिहरुलाई विषम परिस्थिति बाट मुक्तहुँदै अगाडी बढ्ने बाताबरण बन्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै पूर्व सांसद न्यौपानेले उद्योग व्यापारलाई नयाँ ढंगले अगाडि बढाउन सबै व्यावसायिले मिलेर लाग्न आग्रह समेत गर्नुभएको थियो।
कार्यक्रममा देवदह नगरपालिका -५ का वडा अध्यक्ष गणेश डुम्रे, इलेक्टि्रक, इलेइलेक्ट्रोनिक्स तथा मेकानिकल समिती संयोजक, भिमलाल काफ्ले,लेखा समिती सल्लाहकार, टिकाराम चापागाईं, संघका सल्लाहकार दिपक चापागाईं, मन बहादुर क्षेत्री, रोटरी क्लब अफ तिलोत्तमा देवदहका मणिलाल तिवारी, स्वतन्त्र भूतपूर्व कल्याणकारी परिवारका निवर्तमान अध्यक्ष किशन बहादुर थापा, पूर्व अध्यक्ष तथा नेवा पुच: देवदहका अध्यक्ष कुशल श्रेष्ठ, रेडक्रस सोसाइटीका देवदह अध्यक्ष कृष्ण न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गनुभएको थियो।
कार्यक्रम संघका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षता, संस्थाका बरिस्ठ उपाध्यक्ष माधब ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology