काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् । बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताए ।
यिनीहरूले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरै पल्ट खोजेका थिए, तर पार लागेन’, अध्यक्ष ओलीले भने, ‘अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।
उनले बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने बताए । उनले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताए । ‘यिनीहरूले के गर्न हुन्छ, के हुँदैन भन्ने कुनै सीमा छैन’, ओलीको भनाइ छ । अध्यक्ष ओलीले गठबन्धनका नाममा जथाभाबी गर्न नदिने भन्दै एमाले राति पानी परेर उम्रेका टुसा नभएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology