Logo

२०८३, आश्विन ११गते


images
images

ओली भन्छन्–चार वटा ढुङ्गा हानेर हिँड्नेलाई देशको मतलब छैन

ओली भन्छन्–चार वटा ढुङ्गा हानेर हिँड्नेलाई देशको मतलब छैन

images
  • ओली भन्छन्–चार वटा ढुङ्गा हानेर हिँड्नेलाई देशको मतलब छैन
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लागेको र सुधारमा ध्यान नदिने हो भने अबको एक डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ यहाँ यत्तिकै हाहा हुँहूँ गरेर कुद्नेहरु, चार वटा ढुङ्गा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ?’ तिनका समर्थनमा स्टाटस र वक्तव्य दिनेहरुलाई देश वर्वादीमा गएकोमा कुनै मतलब नभएपनि एमालेलाई चिन्ता लागेको _ओलीले बताए । 

    images
    images
    images

    खानीजन्य उद्योग, अरु औद्योगिक उद्योगहरू, निर्माण व्यवसाय ध्वस्त भएको छ । एमालेको कार्यकालमा दिनमा सिक्स लेनका बाटा ६ किलोमिटरका दरले बन्थे’, ओलीले दाबी गरे । उनले आफ्नो कार्यकालमा पुनर्निर्माणका असीमित कामहरु भएको दावी गरे ।

    images
    images
    images

    विकासको काम त्यसरी भएकाले नै धेरैले रोजगारी पाउनुका साथै अर्थतन्त्र चलायमान भएपनि अहिले ठप्पप्राय रहेको जिकिर गरे । उनले राजश्व उठ्नै छाडेको र जीडीपी घटेको भन्दै यही सरकार रहिरहे देश टाट पल्टिने चेतावनी दिए  ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।