Logo

२०८३, आश्विन ११गते


images
images

छिमेकी राष्ट्रलाई चेतावनी दिँदै अध्यक्ष ओलीले भने, ’यो नेपालीले बनाएको नेपालको आफ्नै सरकार हो’

छिमेकी राष्ट्रलाई चेतावनी दिँदै अध्यक्ष ओलीले भने, ’यो नेपालीले बनाएको नेपालको आफ्नै सरकार हो’

images
  • छिमेकी राष्ट्रलाई चेतावनी दिँदै अध्यक्ष ओलीले भने, ’यो नेपालीले बनाएको नेपालको आफ्नै सरकार हो’
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीले आफ्नै सरकार बनाउन सफल भएको टिप्पणी गरेका छन् । शनिवार नयाँ बानेश्वरमा एमालेले नवनिर्वाचित सांसदहरूका लागि गरेको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संगठित ढङ्गले नेपालमा अस्थिरतालाई अगाडि बढाइरहेका बेला असाधारण ढङ्गले त्यो कोर्सलाई परिवर्तन गरेको उल्लेख गरे । 

    images
    images
    images

    उनले भने–‘नेपालमा नेपालीले सरकार बनाउन नपाउने, सरकार बनाउन नपाउने यस्तो पनि कहीँ हुन्छ ? त्यसलाई रोक्दै अहिले हामी नेपालीले सरकार बनाएका छौँ । यो नेपालीको सरकार हो, हामीले आफ्नै सरकार बनाउन सफलता हासिल गरेका छौँ यो ठुलो कुरा हो । अहिलेको परिवर्तनको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामी नेपालीले नेपालको सरकार बनाएका छौँ । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँजो थियो । हामीले बनाएका छौँ सरकार । यो ज्यादै महत्त्वपूर्ण उपलब्धि हो र राष्ट्रिय रूपमा हामीले गरेको ज्यादै ठुलो प्रतिरोध हो ।’ उनले  बाह्य हस्तक्षेपका बाबजुद सरकार बनाउन सफल भएको उल्लेख गरे । साथै उनले नेपालको आन्तरिक मामिलामा हात नहाल्न छिमेकी देशहरूलाई चेतावनी समेत दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।