Logo

२०८३, आश्विन ११गते


images
images

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : किन विदेश जाँदै हुनुहुन्छ, दावेदारी कि तावेदारी ?

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : किन विदेश जाँदै हुनुहुन्छ, दावेदारी कि तावेदारी ?

images
  • प्रधानमन्त्रीलाई ओलीको प्रश्न : किन विदेश जाँदै हुनुहुन्छ, दावेदारी कि तावेदारी ?
    images
    images

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता र स्वाधीनता अत्यन्त कमजोर भएको बताएका छन् । बिहीबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिले नेपालको राजनीति छताछुल्ल र भताभुङ्ग अवस्थामा रहेको भन्दै स्वाधीनता कमजोर अवस्थामा पुगेकाले चिन्ता बढेको बताएका हुन् ।

    images
    images
    images

    जहाँ राजनीति छताछुल्ल र भताभुङ्ग छ । अविश्वासको चक्र बढ्दो छ, राजनीतिप्रति र सरकारप्रति’, ओलीले भने, ‘विश्वसनीयताको प्यारा मिटर तल झरेको झर्यै छ । तर मान्छेको सरम पचाउने क्षमता पनि वृद्धि भएको देखिन्छ । समाज अधोगति र देशको अर्थतन्त्र बिग्रेको बिग्रै छ ।’ अध्यक्ष ओलीले हाम्रो स्वतन्त्रता अप्ठेरो स्थितिमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डता र भूमि खुम्चिँदो तथा सीमा मिचिँदो अवस्थामा रहे पनि सरकार मौन रहेको बताए । 

    images
    images
    images

    सरकार मौन छ किनभने यसमा बोल्यो भने सत्ता धरापमा पर्न सक्छ । देशको पक्षमा बोल्दा सरकार, पद खतरामा पर्छ भनेर राष्ट्रको पक्षमा बोल्न सकिँदैन भने त्यो सरकार भन्न लायक नै छैन’, ओलीको भनाइ छ ।  अध्यक्ष ओलीले नेपालको जमिनका बारेमा सरकारलाई बोल्न आग्रह समेत गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्ड विदेश भ्रमणमा जाँदै गरेको भनेको सुनेको भन्दै तपाई किन जाँदै हुनुहुन्छ भनेर प्रश्न गरे । 

    images
    images
    images

    के गर्न जाँदै हुनुहुन्छ । आफ्नो जमिनको दावेदारी गर्न जानुहुन्छ कि तावेदारी ? के गर्न ?’, ओलीको प्रश्न छ ।

    उनले १० दलीय गठबन्धनमा रहेका दलहरुबीच कुनै विचार र सिद्धान्त नमिले पनि उनीहरूको गठबन्धन र सरकार बनेको भन्दै सरकारको नीति गन्तव्य केही नरहेको टिप्पणी गरे । हाडछाला मात्रै रहेको देशबाट सिरिन्ज घुसाएर रगत निकाले जस्तै गठबन्धन सरकारले देशको रगत निकाल्ने काम भइरहेको भन्दै ओलीले सञ्चारमाध्यमले देशको वास्तविक अवस्थाका बारेमा समाचार दिन सक्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।