Logo

२०८३, आश्विन ९गते


images
images

बैंकका कर्मचारीको सुरक्षामा अलर्ट रहन गृहको निर्देशन

बैंकका कर्मचारीको सुरक्षामा अलर्ट रहन गृहको निर्देशन

images
  • बैंकका कर्मचारीको सुरक्षामा अलर्ट रहन गृहको निर्देशन
    images
    images

    काठमाडौ । गृहमन्त्रालयले ७७ वटै जिल्लाका सीडीओलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि गृहले यस्तो निर्देशन दिएको हो ।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । उनले भने, ‘सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि हामीले त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई भनेका छौं । साथै प्रहरी प्रधान कार्यालयमार्फत पनि परिपत्र गरिएको छ ।’

    images
    images
    images

    जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित छन् । परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।