Logo

२०८३, आश्विन ९गते


images
images

कानून विपरीत गरेका कामको विवरण प्रहरीले जारी गर्ने चारित्रिक प्रमाण पत्रमा उल्लेख हुने

कानून विपरीत गरेका कामको विवरण प्रहरीले जारी गर्ने चारित्रिक प्रमाण पत्रमा उल्लेख हुने

images
  • कानून विपरीत गरेका कामको विवरण प्रहरीले जारी गर्ने चारित्रिक प्रमाण पत्रमा उल्लेख हुने
    images
    images

    काठमाडौँ । गृहमन्त्रालयले कानून विपरीत काम कारवाही गरे गराएमा त्यस्ता कामको विवरण प्रहरीले जारी गर्ने चारित्रिक प्रमाण पत्रमा उल्लेख हुने स्पष्ट गरेको छ ।

    images
    images
    images

    विहिबार विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले कानून विपरीत काम कारवाही गरे गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकोले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारी लगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने हुँदा त्यस्ता कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानूनी व्यवस्था, विधि र प्रक्रिया बमोजिम मात्र काम कारवाही गर्न गराउन र सो बमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्नसक्ने भन्दै सचेत गराएको छ । 

    images
    images
    images

    मन्त्रालयले भनेको छ: 

    images
    images
    images

    नेपालको संविधानमा राष्ट्रिय सुरक्षा प्रणाली विकास गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने तथा सर्वांगीण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने नीति बमोजिम अपराध सम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित गर्न अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० कार्यान्वयनमा रहेको विदितै छ ।

    उक्त निर्देशिकामा चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने जिम्मेवारी, प्रक्रिया, कसूर उल्लेख गरी वा नगरी उपलब्ध गराउने वा नगराइने, अनलाईन एपमार्फत वितरण गर्न सकिने, त्रुटि सच्याउने, केरमेट वा थपघट गर्न नपाइने, यसको जाँच गर्न सकिने तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गर्न सकिने लगायतका प्रावधान रहेका छन् ।

    अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० को प्रतिकूल हुने गरी प्रमाणपत्र उपलब्ध गराएको पाइएमा, प्रमाण पत्रमा केरमेट, थपघट गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यवस्था रहेको छ । साथै मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद - २५ मा लिखत सम्बन्धी कसूरको व्यवस्था भई सो बमोजिम सजाय हुने व्यवस्थासमेत रहेको छ ।

    तसर्थ, कानून विपरीत काम कारवाही गरे गराएमा त्यस्ता कामको विवरण नेपाल प्रहरीद्वारा जारी हुने चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख हुने भएकोले वैदेशिक अध्ययन, भ्रमण तथा रोजगारी लगायतका कार्यमा जाँदा यसको प्रत्यक्ष प्रभाव पर्ने हुँदा त्यस्ता कसूरजन्य कार्यमा संलग्न नहुन, मौजुदा कानूनी व्यवस्था, विधि र प्रक्रिया बमोजिम मात्र काम कारवाही गर्न गराउन र सो बमोजिम नभएमा भविष्यमा यसको कारणबाट सम्बन्धित व्यक्तिलाई नै प्रतिकूल प्रभाव पर्नसक्ने व्यवस्थासमेत रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।