Logo

२०८३, आश्विन ९गते


images
images

शान्ति शुरक्षा

सामाजिक सदभावमा खलल पुर्याउने र द्वेष फैलाउनेलाई कारवाही गर्ने गृहमन्त्रालयको चेतावनी

सामाजिक सदभावमा खलल पुर्याउने र द्वेष फैलाउनेलाई कारवाही गर्ने गृहमन्त्रालयको चेतावनी

images
  • सामाजिक सदभावमा खलल पुर्याउने र द्वेष फैलाउनेलाई कारवाही गर्ने गृहमन्त्रालयको चेतावनी
    images
    images

    काठमाडौं । गृह मन्त्रालयले तराई एवं मधेशका केहि जिल्लाहरुमा धार्मिक सहिष्णुता तथा सदभावमा गम्भीर असर पर्ने गरि भएका कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयले पछिल्लो समय तराई एवम् मधेसका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पर्ने गरी केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति दिएको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको छ ।

    images
    images
    images

    पछिल्लो समयमा धनुषाका विभिन्न स्थानहरूमा सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्म लक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुऱ्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयको विज्ञप्ति : 

    मुलुक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको धार्मिक सहिष्णुता र स्वतन्त्रताको प्र गृह मन्त्रालय सदैव सचेत रही उच्च सम्मान व्यक्त गर्दछ ।

    पछिल्लो समय तराई एवम् मधेशका केही जिल्लाहरूमा धार्मिक सहिष्णुता तथा सद्भावमा गम्भीर असर पर्ने गरी केही व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पुयाउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुयाउने किसिमका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।

    यसलाई मध्यनजर गरी माननीय गृहमन्त्रीज्यूको अध्यक्षतामा २०८२।०९।२० गते विभिन्न समुदायहरूसँग समन्वयात्मक बैठक, केन्द्रीय सुरक्षा समितिको बैठक, मिति २०८२।०९।२१ गते तराई एवम् मधेसका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीहरूसँग शान्ति सुरक्षा एवम् धार्मिक सहिष्णुता लगायतका समसामयिक विषयमा छलफल गरी संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरिसकिएको छ ।

    पछिल्लो समयमा धनुषा जिल्लाका विभिन्न स्थानहरूमा सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवम् धर्म लक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुऱ्याउने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिक स्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवम् सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समुहलाई कानूनी दायरामा ल्याई कारवाहीको प्रक्रिया अगाडि बढाइएको व्यहोरा समेत जानकारी गराइन्छ ।

    विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरूलाई निरुत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको व्यहोरा सर्वविदितै छ । यसर्थ जो कोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर गरे गराएपनि कानूनद्वारा वर्जित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भएकोले त्यस्तो कार्य नगर्न नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।