Logo

२०८३, कार्तिक २४गते


images
images

अवैधानिक क्रसर उद्योग बन्द गराउन सबै सीडीओ कार्यालयलाई गृहको निर्देशन

अवैधानिक क्रसर उद्योग बन्द गराउन सबै सीडीओ कार्यालयलाई गृहको निर्देशन

images
  • अवैधानिक क्रसर उद्योग बन्द गराउन सबै सीडीओ कार्यालयलाई गृहको निर्देशन
    images

    काठमाडौं ।  गृहमन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कानूनविपरीत, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न वुधबार मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्देशन दिएको हो ।

    images
    images
    images

    त्यस्तै, विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न गृहले निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्रालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।