कृष्ण अन्जान, गुल्मी । रिडीबजारकाे पश्चिमतिरकाे पल्लाे छेउँ । अर्घाखाँचितिर तेर्साेलाग्ने माेटर बाटाेकाे अलि तल चिटिक्क परेर रँगराेगन गरिएकाे एकतले घर र त्यहि घर तल बाँसले बारेकाे र खरले छाएका दुईवटा बान्कि मिलेका छाप्रा, सफा-सुग्घर टेबल कुर्सी, अनि माथिल्लो दलानमा पनि त्यसरी राखिएका कुर्सी टेबल यहि हाे लिलेकाकाकाे कटेज ।
रिडीबजारका पुराना बासिन्दा लिला कँडेल यतिबेला लिलेकाकाकाे कटेज खाेलेर रिडीबजारमा चर्चामा छन। त्यसाे त हरेक क्षेत्रमा रमाइला कँडेललाई नचिन्ने काेहि छैन । लामाे समय ड्राईभिँग पेशामा जाेडिएका उनकाे जान पहिचान पनि धेरै छ। तर बिस्तारै उमेर ढल्किन थालेपछि लिलाले याे कटेज खाेलेर आफ्नो लिला देखाउन शुरु गरेका छन ।
"व्यवसायीक रुपमा कटेज शुरु गरेकाे छु र याे कटेज म साथिभाईलाई रिडीबजारमा भेट्ने गफ गर्ने सँगमस्थल बनाउने साेँचमा छु" लिला कँडेलले भने । साथिभाई भेट्ने सँगमस्थलमा उनले परिकार पनि उहीँ गुणस्तरकाे पस्किन थालेका छन । सबैभन्दा मज्जाकाे कुरा त रिडीबाट लाेप हुन थालेकाे बाेकाकाे मासुकाे परिकार एकपाक उनकाे कटेजमा जतिबेला पाईन्छ ।
एकपाक यस्तो परिकार हाे जुन रिडीमा मात्र बन्छ र यसकाे स्वादले ग्राहकलाई लाेभ्याउँछ। याे परिकार कसैले चाहेमा रेडिमेड किलाेकाे पन्द्र सयमा घरलान सक्ने गरि तयार हुने कँडेलले बताए । उनकाे कटेजमा मटनका परिकारमा भुटन, मटन फराई, तास, झाेलमासु सबै व्यवस्था छ भने चिकनमा राेष्ट, ललिपप, लेगपिस, चिकेन चिल्लि, चिकेन चाउमिन सबैकाे व्यवस्था छ ।
खानाका परिकारमा लाेकल चामलकाे भात ,लाेकल दाल,लाेकल गाउँकाे तरकारी, गाउँकाे माेहि, कुसेनीकाे एकराते लाेकल दहि उनकाे कटेजमा पाईने परिकार हुन ।
लाेकल कुखुराको मासु ,सुप ,हाँसकाे छाेएलाकाे स्वाद पनि उनकाे कटेजमा पाईने परिकार हुन । भेज र ननभेज खाना ,गाउँकै मिसिनमा पिसेकाे गहुँको राेटि यतिमात्र हाेईन लिलेकाकाकाे कटेजमा काेदाे ,मकै ,फापर ,गहुँको ढिँडाे र राेटीपनि अर्डर अनुसार खान पाईन्छ भने पदिना ,धनियाँ र टिमुर हालेर पिसेकाे टमाटरकाे चटनि र टिमुर लगाएतका अन्य फर्सिका बिँगा लगाएतका गाउँले उत्पादनका छाेप पनि पाईने उनकाे भनाई छ । खाेलेसाग ,जलुका ,च्याउ ,सिस्नाे सिजनमा निउराे जे जे लाेकल पाईन्छ उनले आफ्नो कटेजमा उपलब्ध गराने बताउँछन् । "मेराे उद्देश्य लाेकल स्वाद पस्केर लिलेकाकाकाे कटेजमा आउनेलाई पल्काउने हाे र यसका लागि मेराे प्रयास जारी छ" कँडेलले भने ।
अत्यन्तै चतुर र बेस्सरी जनसम्पर्क बनाएका लिला कँडेलकाे कटेजमा ग्राहकहरु पनि बिस्तारै बढ्न थालेका छन । करिब दुईवर्ष पर्यटकिय शहर पाेखरा तिर बसेका उनी त्याहँका धेरै पर्यटकीय ठाउँहरुकाे भ्रमण गरिसकेपछि पाेखराकाे सिकाे गर्दै रिडीमा कटेज खाेलेकाे बताउँछन् ।
रिडीपनि पर्यटकीय केन्द्रकाे रुपमा विकास गर्दै गर्दा यस्ता कटेज र रेष्टुरेन्ट हरु आवस्यक मात्र हाेईन वरिपरिका गाउँहरुमा पनि साथिभाई हरुले ससाना कटेज रिसाेर्ट खाेल्दा राम्रै हुने र फरक-फरक स्वाद र ठाउँकाे मज्जा रिडी आउने आन्तरिक र बाह्य पर्यटकले लिन पाउने उनकाे ठम्याई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology