Logo

२०८३, आश्विन ९गते


images
images

रात्रीकालिन खेल खेल्न सकिने गरि रुरु खेल मैदानको स्तराेन्नति 

रात्रीकालिन खेल खेल्न सकिने गरि रुरु खेल मैदानको स्तराेन्नति 

images
  • सेतोमसी सहकर्मी
  • रात्रीकालिन खेल खेल्न सकिने गरि रुरु खेल मैदानको स्तराेन्नति 
    images
    images

    कृष्ण अन्जान, रिडीबजार  । गुल्मी जिल्लाकाे प्रवेश द्वार रिडीबजार अघिल्लाे चरणमा ओझेल परेपनि पछिल्लो चरणमा भने विकासकाे काँचुली फेर्दैछ ।

    images
    images
    images

    मुख्य रुपमा धार्मिक पर्यटन हवकाे रुपमा विकास गर्ने गरि प्रदेश र केन्द्रीय सरकारकाे प्रयासमा रुरुधाममा केही  विकास आयाेजनाहरुकाे  निर्माण सम्पन्न र केही सँरचनाकाे निर्माण कार्य जारि रहँदै गर्दा रिडीबजारले आफुलाई परिवर्तन गरेकोे सन्देश मात्र दिएकाे छैन कि आन्तरिक र  वाह्य पर्यटकहरूकाे ध्यान आकर्षित गरेकाे छ ।

    images
    images
    images

    रिडीलाई चिनाउन अनेक प्रयास भईरहँदा खेलकुद क्षेत्रकाे माध्यमबाट चिनाउने प्रयासमा रिडीबजारका युवाहरु सकृय भएर लागेका छन ।

    images
    images
    images

    रिडीबजारमा यतिबेला सुविधा सम्पन्न खेलकुद मैदाब र कभर्डहलहरु निर्माणाधीन रहेकाे छन ।

    वि. सं. २०४२ सालदेखि रिडीबजार वासिहरुकाे अथक प्रयासबाट शुरु गरिएको रुरु खेल मैदानलाई निरन्तर स्तराेन्नतिकाे प्रयास भईरहेकाे छ ।

    रुरुखेल मैदानलाई यहाँसम्म ल्याई पुर्याउन रिडीकाे पुरानाे रुरु फ्रेण्डस क्लबले महत्त्वपूर्ण याेगदान गरेकाे छ भने स्थानीय सप्तचण्डी आमा समुहले खेलमैदानकाे सँरक्षणमा याेगदान पुर्याएकाे छ ।

    यतिबेला एफसि क्लव रिडीबजारले याे रुरु खेलमैदानकाे व्यवस्थापनकाे जिम्मेवारी लिएसँगै खेल मैदान पुनर्निर्माण झनै अगाडि बढेकाे छ ।

    रुरु खेल मैदानलाई लुम्बिनी प्रदेशकै अरु खेल मैदानकाे स्तरमा लान र यसलाई फुटबल खेलका इभेन्ट्स हरु सन्चालन गर्ने गरि हामिले रुरु खेल मैदानकाे स्तराेन्नतिमा ध्यान दिएका छौँ एफसि क्लव रिडीका अध्यक्ष प्रायश्चित कसजुले भने ।

    खेल मैदानकाे तारबार, पक्कि पर्खाल लगाउने कार्यसँगै ग्राउन्ड सम्याउने र  माटाेले खाल्डा खाल्डी पुर्ने काम जारी रहेकाे अध्यक्ष कसजुले बताए ।

    सबैभन्दा महत्त्वपूर्ण त रातिकाे समयमा पनि खेल खेल्न मिल्ने गरि खेल मैदानमा लाईटकाे व्यवस्था गरिएकाे छ ।

    एफसि क्लव रिडी र रुरु फ्रण्ड्स क्लबकाे  संयाेजनमा करिब दुईलाखकाे लगानीमा रुरु खेल मैदानकाे वरिपरि लाईट जडान गरिएसँगै रातिकाे समयमा पनि खेल मैदान झलमल्ल भएकाे छ ।

    "हामीले खेल रातिकाे समयमा पनि खेलाउन सकियोस् भनेर तीन /तीन सय वाटका छ वटा लाईट जडान गरेका छौँ यसले खेल मैदानमा नयाँ रौनकता थपेकाे छ" रुरु फ्रेण्ड्स क्लबका कार्यवाहक अध्यक्ष साेभित थापाले भने ।

    त्यसाे त रुरु खेल मैदानकाे सँरक्षण र विकासमा स्थानीय निकायले पनि उत्तिकै चासाे राखेको छ । रुरुधामकाे खेलकुद विकासमा रुरु खेल मैदानले अहम भुमिका राख्छ र यसकाे विकास र संम्बर्धनका लागि वडाबाट आवस्यक सहयाेग जारी रहने रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने ।

    संभवत रात्रिकालिन खेल तथा अन्य इभेन्ट्सहरुका लागि रातिकाे समयमा समेत खेल मैदान उपयाेग गर्न सकिने गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीकाे पहिलाे खेल मैदान रुरु खेल मैदान बनेकाे छ ।

    यहि खेल मैदान हाे जहाँ पहिलो पटक लाईभ कन्सर्ट समेत आयाेजना भईसकेकाे छ ।1664255231126.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिडीबजार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।