कृष्ण अन्जान, गुल्मी। समाज गाउँघर त्यसै वन्दैन र बनाउने इच्छाशक्ति सवै भन्दा ठुलाे कुरा हाे ।
गुल्मी जिल्लाकाे प्रवेशद्वार रिडीबजारले शताव्दियौँ पुरानाे इतिहास राख्छ एकातिर धार्मिक गन्तव्य भने अर्काे तिर लिच्छवि कालमा याे क्षेत्र भाेट भारत आवत जावत गर्ने मुख्य नाका रहेकाले पनि व्यवसायिक धार्मिक र पर्यटनकाे हिसावले पनि रुरुक्षेत्र महत्व पुर्ण बजारकाे रुपमा परिचित छ ।
चिनीयाँ तिब्बतीबौद्ध धर्मावलम्वि हरु लुम्बिनी कुशिनगर सारनाथ जाने र भारतिय हिन्दु हरु मुक्तिनाथ मानसरोवर कैलाश जाने बाटाे कालिगण्डकीकाे तिरै तिर अावत जावत गर्ने र बौद्ध मार्गीका लागि सुगन्ध विहार साथै हिन्दु यात्रिका लागि सदावर्त गुठिले गाँस बास काे व्यवस्था गर्ने भएकाले तिर्थालु हरु रिडीमा बाँस बस्ने गरेकाे ईतिहास छ ।
यहि विगत बाेकेकाे रिडीबजारकाे सँरचना २०१८ सालकाे भदौमा अाएकाे बाढिले खल्बल्याइ दिँदा रिडी शून्य अवस्थामा आयाे ।विध्यालय पाटि पौवा केही आवासिय क्षेत्र समेत काली गण्डकी नदिले पुछेर लग्याे ।
त्यसपछि काे चुनेति रिडी बजारकाे पुनर्निर्माण मा थियाे र यहि चुनौतिका माझबाट रिडीका जागरुक समाजसेवीहरु प्रयाग कुमार कसजु,अयाेध्या मास्के, नरेन्द्रमान, आदित्यमान वजिमय विश्वनाथ बजिमय, डाक्टर राज कुमार श्रेष्ठ, मुखिया राज कुमार, पशुपति प्रसाद आमात्य , पुर्ण मान प्रधान , चिरन्जिवी मान प्रधान, पदम प्रसाद श्रेष्ठ , डम्वर वहादुर श्रेष्ठ, केशर मान बजिमय लागाएतकाे अथक प्रयास बाट रिडी बजार अहिलेकाे अवस्थामा अाइ पुगेकाे कसैबाट लुकेकाे छैन ।
पछिल्लो चरणमा शक्ति प्रसाद श्रेष्ठकाे प्रयासमा रिडीबजारले काँचुली फेर्ने प्रयास गरेकाे हाे ।
तर शसस्त्र द्वन्दकाे प्रभावले रिडी बजार बाट ब्यापारिक पलाएन भए सँगै बजार करिब फेरि शून्य अवस्थामा पुग्याे द्दन्द सकिए पनि पलाएन भएका व्यापारी हरु फर्केनन तर रिडीका पुराना व्यवसायी हरु पशुपति प्रसाद अामात्य डम्बरबहादुर श्रेष्ठले का छाेरा हरुले भने रिडी बजारमा अाफ्नाे व्यवसाय अहिले सम्म धानेका छन।
समय फेरिए सँगै रुरुक्षेत्रकाे पुनर्संरचना मा यतिबेला फेरि नया पुस्ता कँसिएर लागेकाे छ यसका लागि परेकाे छ ।
रिडी बजार धार्मिक पर्यटनकाे प्रमुख गन्तव्य बन्न सक्ने ऋषिकेश मठ लगाएत याे क्षेत्रका मठ मन्दिर लाई भजाएर रिडीमा धार्मीक पर्यटक तान्न सक्ने सँभावनाका बिचमा बृहत्तर रुरुक्षेत्र पुनर्संरचना काे कामकाे शुरुवातले अव रिडी पछाडि फर्कन नपर्ने रिडीबजार का युवा हिमाल श्रेष्ठकाे भनाइ छ ।
शिक्षा स्वास्थ सँगै पर्यटनकाे क्षेत्रमा अगाडी बढ्दै गरेकाे रिडी बजार केही वर्षमै एसियाकै प्रमुख धार्मीक गन्तव्य बन्ने सँकेत देखा परे सँगै यतिबेला रिडी बजार काे अस्तित्व धानेर राख्ने समाजसेवी हरुलाई रिडीबजारले कहिल्यै विर्सन सक्दैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology